६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

अढाई वर्षपछि राप्रपा र राप्रपा संयुक्तबीच आएको एकीकरण

अढाई वर्षपछि राप्रपा र राप्रपा संयुक्तबीच आएको एकीकरण
अ+ अ-

थापा, राणा र लोहनी तीनैजना अध्यक्ष

पार्टी फुटको अढाई वर्षपछि राप्रपाका दुई समूहबीच एकीकरण भएको छ । राप्रपा अध्यक्ष कमल थापा, राप्रपा संयुक्तका अध्यक्षद्वय पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीबीच चरणबद्ध बैठकपछि पार्टी एकीकरण गर्ने निर्णय भएको हो । लाजिम्पाटको लप्सी गार्डेन होटेलमा शनिबार साँझ एकीकरणसम्बन्धी पत्रमा हस्ताक्षर भएको छ । राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार सनातन धर्मसापेक्ष हिन्दूराष्ट्र र सबै पक्षलाई चित्त बुझ्ने गरी साझा संस्थाका रूपमा राजसंस्था रहनुपर्ने सैद्धान्तिक मान्यतामा पार्टी एकीकरण भएको हो । माघ दोस्रो साता एकीकरण गर्ने सहमति भए पनि अन्तिममा रोकिएको थियो ।

६ फागुन ०७३ मा राप्रपा समूहहरूको एकता महाधिवेशन भएको थियो भने संसदीय निर्वाचनअघि २२ भदौ ०७४ मा पार्टी विभाजित भएको थियो । राप्रपा समूहमा स्थापनादेखि नै टुटफुटको शृंखला चल्दै आएको छ । एकीकरणसम्बन्धी सहमतिअनुसार पार्टीमा थापा, राणा र लोहनी अध्यक्ष हुनेछन् । तीनै अध्यक्षको सहमतिका आधारमा केन्द्रीय समितिमा सदस्यको मनोनयन गर्ने सहमति भएको छ । राप्रपाको विधानलाई पार्टीको अन्तरिम विधान मानेर अघि जाने र ६ महिनापछि नयाँ विधान बनाउने सहमति भएको छ ।

सहमतिअनुसार डेढ वर्षमा पार्टीको महाधिवेशन गरिनेछ र त्यतिन्जेल थापा, राणा र लोहनी तीनैजना पार्टी अध्यक्ष हुनेछन् । तीनैजना अध्यक्षको हैसियत समान हुने र बैठकको अध्यक्षता पनि त्यहीअनुसार गर्ने सहमति भएको छ । उनीहरू तीनैजना रहेको केन्द्रीय सचिवालय गठन गर्ने पनि सहमति भएको छ ।

राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाका अनुसार पार्टीको झन्डा राप्रपाले प्रयोग गरिरहेको हुनेछ भने चुनावचिह्न ६ महिनापछि टुंगो लगाउने सहमतिपत्रमा तीनै अध्यक्षले हस्ताक्षर गरेका छन् । राप्रपाको चुनावचिह्न गाई र राप्रपा संयुक्तको हलो छ । चुनावचिह्नमा सहमति नभएर विगतमा एकता अड्किएको थियो । नयाँ पत्रिका दैनिक