१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको राष्ट्रिय सभाका सांसदहरुको दाबी

सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको राष्ट्रिय सभाका सांसदहरुको दाबी
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाका सांसदहरुले निर्वाचन गराउने वातावरण बनाउन नसकेको भन्दै सरकारको आलोचना गर्नुभएको छ ।

सोमवार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै सांसदहरुले निर्वाचनको वातावरण बनाउने काम हुन नसकेकोमा सरकारप्रति आक्रोश व्यक्त गर्नुभएको हो । नेपाली काँग्रेसका सांसद युवराज शर्माले जेन—जी आन्दोलनको क्रममा उपराधिक गतिविधिमा संलग्नमाथि कारबाही गर्ने प्रहरीको पहललाई पनि गृह मन्त्रालयले अघि बढ्न नदिएको जिकीर गर्दै आपत्ति जनाउनु भयो । उहाँले सरकारले निर्वाचनका लागि सुरक्षित वातावरण बनाउने प्रयास समेत नगरेको बताउनु भयो । सांसद शर्माले प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नो सम्पत्ति सार्वजनिक नगरेको पनि असन्तुष्टि व्यक्त गर्नुभयो । सरकारले सुशासन र निर्वाचन सम्पन्न गराउनका लागि कुनै पहल लिन नसकेको सांसद शर्माको भनाई थियो ।

उहाँले भन्नुभयो, जेन—जी विद्रोहबाट बनेको सरकारमाथि प्रश्नै प्रश्न छ । कान्तिपुर पत्रिकाले ८ वटा प्रश्न समितिको समाचार छापेको थियो । सरकारको सुशासन सम्बन्धि प्रन उठाइएको छ । प्रधानमन्त्री, मन्त्रीले आफ्नो सम्पती सार्वजनिक नगरेको पनि प्रश्न छ । प्रतिवन्धित सवारी साधन आयात माथिको प्रतिवन्ध फुकुवा गर्ने निर्णयमाथि पनि प्रश्न छ । त्यस्तै २४ भदौमा भएको आगजनी, तोडफोडमा संलग्नहरुलाई प्रहरीले गर्न खोजेको प्रक्रिया विरुद्ध गृह मन्त्रालयको निर्देशन । यसमा पनि म स्पष्ट हुन चाहन्छु । अर्को यो सरकार तुरुन्त हट्नुप¥यो भन्ने छ । सम्माननीय प्रधानमन्त्रीमाथि पनि अभद्र टिकाटिप्पणी उठिराखेको छ । यस्तो अवस्थामा कसरी सुरक्षित वातावरण निर्वाचन हुन्छ ?’

नेकपा एमालेकी सांसद सुमित्रा बिसीले नयाँ संसद भवन निर्माण कार्य पूरा गर्न ढिलाई भएको गुनासो गर्नुभयो । सरकारले सो संसद भवन छिटो सम्पन्न गरेर राष्ट्रिय सभा बैठक संचालनका लागि वातावरण बनाउन ढिलाई गर्न नहुने बताउनु भयो ।

सांसद विसीले भन्नुभयो,‘नयाँ ससद भवन निर्माणका लागि २, ३ पटक नै समय थप गरिएजस्तो लाग्छ । अब ८७ प्रतिशत काम भएको भन्ने कुराहरु आयो । अब यो १३ प्रतिशत कामहरु कहिलेसम्म सिद्धिन्छ ? र हामी संसद कहिलेबाट सञ्चालन गर्न सक्छौ । प्रतिनिधि सभा अहिले विघटन भएपनि राष्ट्रिय सभा त यथावत छ । यसको मिटिङ त्यहाँ बसाउनका लागि कहिलेसम्म वातावरण बनाउन सकिन्छ ? सदन त्यहाँ कहिलेबाट चलाउन सकिन्छ भनेर मैले जिज्ञासा राखे ।’

सांसदहरुले राष्ट्रिय गौरवको आयोजना अघि बढाउने काम नगरेर सरकारले मुलुकमा फेरि अर्को आन्दोलनलाई निम्तो दिने काम गरेको समेत बताएका छन् । नेपाली कम्युनिष्ट पार्टीकी सांसद रेनु चन्दले सो कुरा बताउनुभएको हो । उहाँले सो गौरवको आयोजनाको कामलाई अघि बढाउन कर्मचारी प्रशासनले पनि विशेष भुमिका खेल्नुपर्ने आवश्यकता आँैल्याउनु भयो ।

सांसद चन्दले भन्नुभयो,‘अब रानी जमरा सिंचाई आयोजना सुदुरपश्चिम प्रदेशको एक्लो राष्ट्रिय गौरवको योजना हो । २१ वटा राष्ट्रिय गौरवका योजनाहरु छन् । सरकारले आफ्नो स्रोत प्रयोग गरेर २१ वटा प्रोजेक्ट बनाउन सक्दैन भनेपछि अव फल्फा आन्दोलनको लागि कुरेको हो त हामी ? जेन—जीको आन्दोलन त भइसक्यो । अव अल्फाको अन्दोलन कुरेर बसेको हो त ?  यसमा मैले अघि बढी ब्युरोक्रेसीको ध्यानाकर्षण गराउन चाहेँ ।’

सांसद चन्दले सरकारले रानी जमरा सिंचाई आयोजनाको कामलाई तिब्रता दिनुपर्ने समेत बताउनु भयो ।