६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

ग्यास अभाव देखिँदै, मजदुर र विद्यार्थी मर्कामा

ग्यास अभाव देखिँदै, मजदुर र विद्यार्थी मर्कामा
अ+ अ-

काठमाडौं । उपभोक्ताले चाहिनेभन्दा बढी खाना पकाउने ग्यास सञ्चित गर्न थालेपछि बजारमा प्रत्यक्ष असर परेको छ। कोरोना भाइरसको त्रासका कारण एकै व्यक्तिले अत्यधिक संख्यामा सिलिन्डर सञ्चित गरेपछि निम्नवर्ग, मजदुर र विद्यार्थी मर्कामा परेका छन्। भूकम्प र नाकाबन्दीका समयमा तर्सिएका उपभोक्ताले त्यस्तै अवस्था आउन सक्ने त्रासमा आवश्यकभन्दा बढी सिलिन्डर भरेर जम्मा गरेका हुन्। उपत्यकामा दैनिक ७ हजार संख्यामा सिलिन्डर माग बढेको व्यवसायीले बताएका छन्। केही दिनदेखि ग्यास बिक्री हुने व्यापारिक प्रतिष्ठानमा निकै लामो लाइन लाग्न सुरु भएको छ।

नेपाल आयल निगमका अनुसार मध्यमवर्ग र उच्चवर्गले कम्तीमा पाँचदेखि १० वटासम्म सिलिन्डर राखेका छन्। निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलका अनुसार सामान्य अवस्थामा चारजनाको परिवारलाई मासिक एउटा सिलिन्डरले पुग्थ्यो। अहिले त्यस्ता परिवारले पाँचवटासम्म सिलिन्डर जम्मा पारेका छन्। उनले चारजनाभन्दा बढी पारिवारिक सदस्य भएकाले १० वटासम्म सिलिन्डर भरेको दाबी गरे। ‘निम्नवर्ग ग्यास नपाएर सास्ती व्यहोर्न बाध्य छन्। ग्यास पर्याप्त मात्रामा छ। नियमित रूपमा बढी परिमाणमा आयात भइरहेकाले थुपार्न आवश्यक छैन,’ पौडेलले भने, ‘चाहिएको अवस्थामा जति पनि उपलब्ध गराउन सक्षम छौं।’

पौडेलका अनुसार निगमले मार्चमा ४५ हजार टन हाराहारीमा ग्यास आयात गर्न ग्यास बोटलिङ तथा रिफिलिङ उद्योगलाई उत्पादन प्रडक्ट डेलिभरी अर्डर (पीडीओ) जारी गरेको छ। निगमको ग्यास विभागका निर्देशक दीपक बरालका अनुसार निगमले हालसम्मकै सबैभन्दा बढी पीडीओ (४५ हजार टन) मार्चमा जारी गरेको छ। ‘यसले नपुगे हामी थप ५ टनको पीडीओ जारी गर्न तयार छौं,’ बरालले भने, ‘यो माग अस्वाभाभिक रूपमा आएको छ। यति परिमाण कहिले खपत हुँदैनथ्यो। अत्यधिक खपत भए पनि ४० टनले पुग्थ्यो।’ अत्यधिक मागका कारण महिनाभरमा आयात हुने ४५ हजार टनमध्ये सात दिनमै १०५ प्रतिशतका दरले १३ हजार टन आयात भइसकेको छ। जब कि दैनिक खपत १ हजार पाँचका दरले सात दिनमा १० हजार ५ सय टन आयात हुनुपर्ने थियो।

निगमको तथ्यांकअनुसार सबैभन्दा बढी ग्यास खपत हुने समय जनवरी र केही कम फेबु्रअरीमा हो। सन् २०१८ को फेब्रुअरीमा २६ हजार १ सय ७४ टन ग्यास खपत भएको थियो। २०१९ फेबु्रअरीमा ३५ हजार ७ सय ५१ टन आयात भएको थियो। तर पछिल्लो समयमा विद्युतीय ऊर्जा नियमित आपूर्तिले गर्दा जाडो हुने समय जनवरी र फेब्रुअरीमा ग्यास खपत घटाएको छ। गत जनवरीमा ३९ हजार १ सय २७ टन मात्रै ग्यास खपत भएको थियो। अघिल्लो जनवरीमा ४० हजार ४ सय ५७ टन खपत भएको थियो। ‘फेब्रुअरी अन्तिम सातादेखि ग्यासको माग ह्वात्तै बढेको छ,’ बरालले भने, ‘जुन पिक आवरमा अत्यधिक ग्यासको खपत बढ्नुपर्ने थियो। अहिले सर्वसाधारणले चाहिनेभन्दा बढी परिमाणमा सिलिन्डर भरेका कारण ग्यासको खपत बढेको हो।’

एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले ग्यास सञ्चितले बजारमा प्रत्यक्ष असर पारेको जानकारी दिए। उनले सर्वसाधारणलाई बढी सिलिन्डर सञ्चित नगर्न आग्रह गरे। देशभरको कुल माग र खपतको ५० प्रतिशतका आधारमा सामान्य समयमा उपत्यकामा दैनिक ५० हजार थान सिलिन्डर खपत भइरहेको थियो। देशभर एक लाख सिलिन्डर खपत हुन्थ्यो। पछिल्लो समयमा उपत्यकामा दैनिक ७ हजार थान सिलिन्डर थप माग भएको छ। नेपाल ग्यास उद्योगका प्रमुख भण्डारीले अभाव पूर्ति गर्न मार्चमा कम्तीमा ४८ हजार टन ग्यास आवश्यक पर्ने बताए।

‘उपत्यकावासीले अत्यधिक संख्यामा सिलिन्डर जम्मा गरे। हाम्रो काम उत्पादन गरेर बजारमा पठाउने हो। बजारमा जति पठाए पनि विक्रेताकहाँ लाइन कम हुनुको साटो बढ्दै गएको छ’, भण्डारीले भने, ‘हामी उपभोक्ताको माग पूरा गर्न तयार छौं। तर चाहिएजत्ति मात्र लिन आउनुपर्यो।’ संघले सम्पूर्ण सदस्य उद्योगीमार्फत एकजनालाई एक थान सिलिन्डर मात्रै उपलब्ध गराउन शुक्रबार निर्देशन दिएको छ। संघको निर्देशन तल्लो विक्रेतासम्मले नमान्ने अवस्था छ।

उपत्यकाको बजारमा २७ वटा उद्योगका सिलिन्डर प्रयोग हुन्छन्। यसमा २० प्रतिशत हिस्सा नेपाल ग्यास कम्पनीको छ। नेपालमा ५८ वटा ग्यास उद्योगले खाना पकाउने ग्यास बजारीकरण गर्दै आएका छन्। अन्नपुर्णपोष्ट दैनिक