२१ आश्विन २०८१, सोमबार
,
Latest
विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानी सम्राट नारुहितोको जन्मोत्सवमा गोदावरीमा ‘साकुरा’ रोपियो



अ+ अ-

काठमाडौं । जापानका नयाँ सम्राट नारुहितोको जन्मोत्सवको अवसर पारेर जापानमा उच्च शिक्षा अध्ययन गरेर फर्केका नेपाली विद्यार्थीहरुको संगठन ‘जुआन’ ले एक कार्यक्रमको आयोजना गरि ललितपुरको गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यानमा जापानी राष्ट्रिय फूल ‘साकुरा’को विरुवा रोेपेको छ । जापानी सम्राट नारुहितोको जन्म २३ फेब्रुअरी सन् १९६० मा जापानमा भएको थियो भने उनले गतवर्ष सन् २०१९ को मे १ देखि जापानको राजगद्धी सम्हालेका थिए ।

उनी युवराज छँदा नेपाल आएका थिए । नेपालका लागि जापानी राजदूत मासामिची साइगो तथा उनकी धर्मपत्नि साइगो, वन तथा वातावररण मन्त्रालयका सचिव डा.विश्वनाथ ओली, जापानी राजदूतावासका प्रथम सचिव डा. युरिको आकियामा, वनस्पति विभागका महानिर्देशक धनन्जय पौडेल, जुआनका अध्यक्ष डा. प्रेमप्रसाद पौडेल, उपाध्यक्ष डा. पवन भट्टराई लगायतले वनस्पति उद्यानमासाकुराको ५ वटा विरुवा रोपेका थिए ।

साकुरा रोपण समारोहलाई सम्वोधन गर्दै जापानी राजदूत साइगोले जापानका निवर्तमान सम्राट अकिहितोसन् १९७५ ताका राजकुमारको रुपमा नेपाल आउँदा उहाँले राष्ट्रिय वनस्पति उद्यानमा रोपेको ‘साकुरा’को स्मरण गर्दै नेपाल र जापानवीचको परम्परादेखिको सम्वन्ध प्रगाढ रहेको बताए । जुआनले गर्दै आएको विविध गतिविधिको पनि राजदूत साइगोले प्रशंसा गर्दै यसलाई निरन्तरता दिन आग्रह गरे । वन तथा वातावरण मन्त्रालयका सचिव डा।विश्वनाथ ओलीले जापान सरकारले नेपालको वन तथा वातावरण संरक्षणको लागि विगतदेखि गर्दै आएको आर्थिक तथा प्राविधिक सहयोगको प्रशंसा गरे ।

जुआनका अध्यक्ष डा. प्रेमप्रसाद पौडेलले जुआनका गतिविधिबारे प्रकाश पार्दै संस्थाले नेपाल जापानवीचको शैक्षिक र सामाजिक सम्वन्धलाई जनस्तरसम्म लैजाने प्रयास गरिरहेको बताए ।त्यस अवसरमा जुआनका संस्थापक सदस्य हरेन्द्रबहादुर वरुवा लगायत जुआनका वर्तमान तथा पुर्व पदाधिकारीहरुको सहभागिता थियो । साकुरा वृक्षारोपणपछि राजदूत साइगोलगायतका विशिष्ट व्यक्तित्वहरुले उद्यानको अवलोकन समेत गरेका थिए ।