२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको स्वास्थ्यबारे चिनियाँ राष्ट्रपतिको चासो, सन्देश पठाएर शीघ्र स्वास्थ्यलाभको कामना



अ+ अ-

काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे चासो व्यक्त गरेका छन् । उनले शनिबार एक सन्देश पठाएर शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् । प्रधानमन्त्री ओलीमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेको चौथो दिन राष्ट्रपति सीले एक सन्देश पठाएर हालै मिर्गौला प्रत्यारोपण गरेको जानकारी प्राप्त भएको उल्लेख गरेका छन् । चीन सरकार, त्यहाँका जनता र स्वयं आफ्नातर्फबाट प्रधानमन्त्रीको शीघ्र स्वास्थ्य लाभको कामना राष्ट्रपति सी ले सन्देशमार्फत गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए ।

चिनियाँ कम्युनिस्ट पार्टीका महासचिवसमेत रहेका राष्ट्रपति सीले प्रधानमन्त्री ओलीसँग सहकार्य गर्दै दुई देशको सम्बन्ध र सहयोगलाई अगाडि बढाउन आफू प्रतिक्षारत रहेको पनि उल्लेख गरेका छन् । सन्देशमा दुई देश तथा चिनियाँ कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीचको सम्बन्धलाई थप विस्तार गर्दै त्यसलाई गतिशील बनाउन तथा दुई देशका जनताको हितका खातिर द्विपक्षीय सहयोगलाई अझ सुदृढ तुल्याउन प्रधानमन्त्री ओलीसँग काम गर्न प्रतीक्षारत रहेको उल्लेख गरेका छन् ।

यसैबीच, प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सन्तोषजनक रूपमा सुधार भइरहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । गत बुधबार मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीले शनिबारबाट हिँड्डुल गर्न र सामान्य खाना ९दालभात० खान थालेको त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले जानकारी दिए । खड्गाकाअनुसार प्रधानमन्त्री ओलीलाई फिजियोथेरापी दिने कामलाई पनि निरन्तरता दिइएको छ ।

प्रधानमन्त्रीको स्वास्थ्यबारे गरिएका महत्वपूर्ण परीक्षणको रिपोर्ट सामान्य रहेको अस्पतालले जनाएको छ । प्रधानमन्त्रीलाई मिर्गौला दिने समीक्षा संग्रौलाको स्वास्थ्य अवस्था पनि सामान्य रहेको अस्पतालले जनाएको छ । उनले पनि सामान्य खाना खान र हिँड्डुल गर्न थालेको खड्गाले जानकारी दिए । दुवै जनालाई यो साता डिस्चार्ज गरिने अस्पताल स्रोतले जानकारी दिएको छ । सौर्य दैनिक




भर्खरै