१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुरले टस जित्यो, विराटनगर पहिले ब्याटिङमा



अ+ अ-

काठमाडौँ । नेपाल प्रीमियर लिग (एनपीएल) अन्तर्गतको आजको पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ ।

कीर्तिपुरस्थित टियु मैदानमा केहीबेरमै सुरु हुने खेलमा जनकपुरले टस जितेर फिल्डिङ रोजेको छ । जनकपुरले दुई परिवर्तन गर्दै आदित्य महता र संगीथ कुरेलाई उतारेको छ भने विराटनगरले कुनै परिवर्तन गरेको छैन ।

जनकपुरको यो दोस्रो खेल हो भने विराटनगरको यो तेस्रो खेल हो । पहिलो खेलमा काठमाण्डु गोर्खाजसँग पराजित भएको जनकपुर पहिलो जितको खोजिमा छ भने विराटनगर लगातार तेस्रो जितको खोजिमा छ ।

विराटनगरले पहिलो खेलमा पोखरा एभेन्जर्सलाई तथा दोस्रो खेलमा काठमाण्डु गोर्खाजलाई हराएको थियो ।