२१ आश्विन २०८१, सोमबार
,
Latest
विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाले सुनसान नाम्चेबजार हिउँले भने सेताम्मे



अ+ अ-

बलराम प्यासी

काठमाडौं । विश्वको सर्वोच्चशिखर सगरमाथाको मुख्य प्रवेशद्वारको रुपमा चिनिने नाम्चे बजारमा एकहप्तादेखि लगातारहिउँ परिरहेको छ भने त्यहाँको तापक्रम यतिखेर माइनस १० डिग्री सेल्सियस रहेको स्थानीय प्रशासनले जनाएको छ । नाम्चेबजारबाट हिँडेर सगरमाथा पुग्न कम्तिमा १० दिनलाग्ने बताइन्छ । गृह मन्त्रालयअन्तर्गतको नाम्चे सीमा प्रशासन कार्यालय नाम्चेका प्रमुख अरुण सापकोटाका अनुसार कोरोना भाइरसको अनावश्यक हल्लाले गर्दा केही दिनदेखि सगरमाथाको आधार शिवीरसम्म ट्रेकिङ्गमा आउने/जाने विदेशी पर्यटकको संख्यामा पनि कमी आएको हो ।

‘अत्यधिक चिसोका कारण पर्यटक घटेका होइनन, कोरोनाको हल्लाले नेपाल भित्रिने पर्यटकको संख्या नै घटेपछि नाम्चेबजार हुँदै सगरमाथाको आधार शिवीर (फेदी)सम्मजाने पर्यटकको संख्यापनि घटेको हो’-प्रमुख सापकोटा भन्छन ‘यत्तिको चिसो र जाडो त यसअघि पनि हरेक वर्ष हुने रहेछ, तर पर्यटकको संख्या घटेको थाहा थिएन।’ नाम्चे बजारको उचाई समुन्द्र सतहबाट करीव ३ हजार ५०० किलोमिटर हो भने सगरमाथाको ८ हजार ८४८ मिटर छ।

त्यसो त यो महिना सगरमाथा चढ्ने मौसम होइन तथापि ट्रेकिङ्गको लागि आउने पर्यटकहरुको संख्या प्रति दिन औसतमा २५० देखि ३०० सम्म रहने गरेकोमा कोरोना भाइरसको अनावश्यक हल्ला पछि यो संख्या घटेर शनिबार नाम्चे प्रवेश गर्ने पर्यटकको संख्या८० माझरेको प्रशासनप्रमुख सापकोटा बताउँछन । सगरमाथा आधार शिवीर पुगेर फर्किनेको संख्या भने शनिवार ३२ मा सीमित भएको छ । सगरमाथा चढ्न जाने मौसम चाँहि अंग्रेजी महिना मार्च, अप्रिल र मे हो ।

मौसमको खरावी र पर्यटकको संख्याको कमीले गर्दा काठमाडौंबाट लुक्लासम्मको हवाई उडान शनिबार केवल ५ वटा मात्रै भएको नाम्चे सीमा प्रशासन कार्यालयले जनाएको छ । उक्त कार्यालयले सगरमाथा चढ्न जाने फर्किने पर्यटकहरुको सुरक्षा र तथ्यांकको साथै आवश्यक पर्ने उद्धारको साथै अन्य सहयोग गर्दै आएको छ । विदेशबाट नेपाल भित्रिने पर्यटकको संख्या घटेपछि ट्रेकिङ्गमा जाने विदेशी पर्यटकको संख्या घटेको बताउँदै उनी भन्छन—‘प्राय ट्रेकिङ्गमा जाने विदेशी नै हुन, शेर्पा र गाइड त उनीहरुका सहयोगी हुन।’