२१ आश्विन २०८१, सोमबार
,
Latest
विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व सुन्दरी टोनीले भनिन्- ‘जिउँदैमा स्वर्ग देखियो नेपाल साँच्चै सुन्दर रहेछ’



अ+ अ-

काठमाडौं। यस वर्षकी विश्व सुन्दरी टोनी एन सिंह हेलम्बु गाउँपालिकाको घोप्टेघ्याङमा पुगकी थिइन् । एभरेष्ट एअरको हेलिकोप्टरबाट उनी हेलम्बु पुगेकी हुन्। सेतै र रातै फूलका लालीगुराँसको सुन्दरतामा उनी मन्त्रमुग्द थिईन् । आँखै अगाडि हिमाल अनि चीनको ग्रेट वाल जस्तै ग्रेट ट्रेल देखेपछि उनको प्रतिक्रिया थियो, ‘जिउँदैमा स्वर्ग देखियो, नेपाल साँच्चै सुन्दर रहेछ ।’ भन्ने उनको पहिलो प्रतिक्रिया रहेको थियो।

हेलम्बुको विभिन्न डाँडाहरु नियाल्दै उनले प्रकृतिको मज्जा लुटिन् । घोप्टेघ्याङबाट नजिकैको सिमिसिदाङ हिमाल हेर्दै उनले भनिन्, ‘म यो क्षण जीवनभर भुल्दिन, निकै अविष्मरणीय रह्यो यो यात्रा ।’

लामो समयपछि नेपाल आएर ‘हण्र्डेड डेस्टीनेशन’मा परेको हेलम्बुमा आइपुग्दा आफूलाई भाग्यमानी सोचेको उनको अनुभव छ ।स्वर्ग भुलाउने हेलम्बुमा बनिरहेको ग्रेट ट्रेलले आफूलाई झनै दंग बनाएको सुनाउँदै उनले यसबारे प्रशंसा गर्न नसकिने प्रष्ट्याइन्।