२१ आश्विन २०८१, सोमबार
,
Latest
विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री भट्टद्वारा नारी दिवसको शुभकामना



अ+ अ-

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले ११०औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण महिला दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज यहाँ जारी शुभकामना सन्देशमा उनले महिलामाथि हुने भेदभाव अन्त्यका लागि सामाजिक रुपान्तरणको खाँचो रहेको औल्याए ।

सन्देशमा मुख्यमन्त्री भट्टले विभिन्न कालखण्डमा भएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र सङ्घर्ष, त्याग र बलिदानको गौरवपूर्ण सङ्घर्षबाट स्थापित नेपालको संविधानले महिलालाई लैङ्गिक भेदभावबिना राज्यका हरेक निकायमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक सुनिश्चित गरेको उल्लेख गरेका छन् ।

साथै उनले थप अधिकारका लागि अग्रसर रहन आग्रह गर्दै महिला दिदीबहिनीमा शुख, शान्ति, सुस्वास्थ्य एवं दीर्घायुको कामना गरेका छन् ।