१० असार २०८३, बुधबार
,
Latest
अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड रास्वपाको महाधिवेशनः नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा भारत–अमेरिका व्यापार सम्झौता नजिक, केही विषयमा सहमति बाँकी आप्रवासन अदालत परिसरमा पक्राउ नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश अमेरिका–इरान समझदारी कार्यान्वयन हुनुपर्छः चीन धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित वीरेन्द्रनगर नगरपालिकाले ल्यायो चार अर्ब ७१ करोडको बजेट चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुस्ताङीले देखेको विकासको सपना पूरा गर्न लाग्छौँः कार्यवाहक सभापति अर्याल



अ+ अ-

मुस्ताङ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापित डोलप्रसाद अर्यालयले मुस्ताङीले देखेको विकासको सपना पूरा गर्न आफ्नो पार्टीले भूमिका खेल्ने बताउनुभएको छ ।

आज यहाँको जोमसोममा आयोजित पार्टीको प्रथम जिल्ला भेलामा उहाँले आफ्नो पार्टी सरकारमा गए यहाँको विकासका लागि प्राथमिकताका साथ काम गर्ने बताउनुभयो ।

कार्यवाहक सभापित अर्यालले रु तीन अर्बभन्दा बढी राजस्व सङ्कलन गरिसकेको कोरलानाकामा पूर्वाधार निर्माण गर्न सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले यहाँका व्यवसायी, पर्यटक तथा सुरक्षाकर्मीका लागि शौचालय, खानेपानीलगायत आधारभूत पूर्वाधार तत्काल निर्माण गर्न सरकारलाई आग्रह गर्नुभयो ।रासस