१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्राध्यापकहरुको लापरवाहीका कारण एसईई र कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाई हुन्छः मन्त्री पुन



अ+ अ-

भक्तपुर: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले प्राध्यापकहरुको लापरवाहीका कारण माध्यमिक शिक्षा परिक्षा (एसईई) र कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाई हुने गरेको बताउनुभएको छ ।

आईतवार भक्तपुरमा विश्वविद्यालय अनुदान आयोगको ३२ औँ वार्शिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पुनले यस्तो बताउनुभएको हो । चार–पाँच लाख विद्यार्थीको परीक्षाफल सार्वजनिक गर्न नौ महिनाभन्दा बढी लाग्ने गरेको उल्लेख गर्दै उहाँले यसको अन्त्य गर्न जरुरी रहेको बताउनु भयो । मन्त्री पुनले विश्वविद्यालयहरुबीच सम्बन्धन दिनमा मात्रै केन्द्रीत हुँदा शिक्षाको गुणस्तरु खस्कदै गएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘एसईई र कक्षा १२ मा जम्मा ४, ५ लाख विद्यार्थी मात्र हुन्छन् । तर पनि नतिजा निकाल्नको लागि ८,९ महिना लाग्छ । यस्तो हुनुमा प्राध्यापकहरुको लापरबाही देखिन्छ । यस्ता कुराहरुको समाधान गर्नैपर्छ । मन्त्रालयको पुँजीगत बजेटको एक प्रतिशत बजेट विश्वविद्यालयहरुका लागि आओस् भन्नको लागि हामी त्यसमा काम गरिरहेका छौं । अहिले विश्वविद्यालयहरुको ध्यान सम्बन्धन दिनेमा मात्र हुन्छ । विश्वविद्यालयहरुमा कसले धेरै सम्बन्धन दिने भन्ने कुरामा प्रतिष्पर्धा गरेको जस्तो अवस्था छ । तर विद्यार्थी संख्या विस्तारै घट्दै गएको अवस्था छ ।’ 

उहाँले खोज र अनुसन्धानात्मक शिक्षामा जोड दिनुपर्ने आवश्यकता पनि औंल्याउनु भयो । –न्युज एजेन्सी नेपाल