२१ आश्विन २०८१, सोमबार
,
Latest
विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री अर्यालले दिईन महिला दिवसको शुभकामना



अ+ अ-

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै सम्पूर्ण दिदीबहिनीमा प्राप्त जिम्मेवारी कुशलतापूर्वक बहन गर्दै आर्थिक सशक्तीकरणतर्फ उन्मुख भई आत्मनिर्भरताको दिशामा अगाडि बढौँ भन्ने कामना गरेका छन् ।

आज यहाँ जारी गरेको सन्देशमा उनले महिलाको सशक्तीकरण अभियानलाई मूल मुद्दा बनाएर अघि बढ्न आवश्यक भएको र त्यसका लागि सामाजिक सचेतनताको अभियानलाई सशक्त ढङ्गले अगाडि बढाउँदै महिलालाई उत्पादनशील कार्यमा सहभागी गराएर आर्थिकरूपमा आत्मनिर्भर बनाउन जरुरी भएको बताएका छन् ।

राज्यका सबै क्षेत्रमा एकतिहाइ महिला सहभागितालाई अनिवार्य गराउने संवैधानिक व्यवस्थाले महिला समानताको सुनिश्चिततालाई निकट बनाएको जनाउँदै उनले सन्देशमा यसलाई नेपाली महिला आन्दोलनको ठूलो उपलब्धि भएको उल्लेख गरेका छन् ।