९ भाद्र २०८३, मंगलवार
,
Latest
महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस वर्षकै हिट चलचित्र ‘परान’ पोर्चुगलमा प्रदर्शन हुँदै



अ+ अ-

काठमाडौँ । दीपक आचार्य ‘काकु’ निर्देशित चलचित्र ‘परान’ २०८२ सालमा सबैभन्दा धेरै कमाउने नेपाली फिल्म बनेको छ ।

परिवार, सम्बन्ध र सङ्घर्षको कथालाई प्रस्तुत गरिएको चलचित्रमा नीर शाह र अभिनेत्री केकी अधिकारीसँगै मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, प्रविन खतिवडा, यमन श्रेष्ठ, बुद्धि तामाङ, बबिन राई लगायतका कलाकारको अभिनय छ ।

अब यो चलचित्र पोर्चुगलमा पनि प्रदर्शन हुने भएको छ । पाँच जना युवाहरु मिलेर निर्माण भएको थैङक यू इन्टरटेनमेन्टको प्रस्तुतिमा बर्ष २०८२ को सबैभन्दा व्यावसायिक कमाई गर्न सफल एवम् हरेक नेपालीको प्राण र ढुकढुकी बन्न सफल नेपाली चलचित्र परान नेपालीहरुको उल्लेखनीय बसाई रहेको पोर्चुगल देशमा प्रदर्शनमा आउन लागेको हो ।

पोर्चुगलको राजधानी लिस्बन अवस्थित क्याम्पो पिकेनोको सिनेमा सिटी हलमा डिसेम्बर १,२ र ३ तारिख साँझ ५ बजे प्रदर्शनी राखिएको छ ।

प्रदर्शक थैङक यू इन्टरटेनमेन्टमा नेपाली चलचित्रमा आबद्ध कलाकार एवं समाजसेवी सन्तोष तामाङ, चलचित्र निर्देशक प्रवेश पौडेल, मोडल एवं रेस्टुरेन्ट व्यवसायी भावेश बस्नेत, रेस्टुरेन्ट व्यवसायी एवं समाजसेवी अनिल अधिकारी र समाजसेवी सन्जिब शाह छन् ।

यो समूहले चलचित्र परानको प्रदर्शनी पश्चात् आगामी दिनहरुमा पनि नेपाली चलचित्रहरुको प्रदर्शनीमा निरन्तरता दिने र नेपाली चलचित्रहरुको अन्तर्राष्ट्रिय बजार बिस्तार गर्न पहल गरी नेपाली चलचित्र क्षेत्रलाई टेवा पुर्याउने लक्ष्य लिएको छ ।