१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस वर्षकै हिट चलचित्र ‘परान’ पोर्चुगलमा प्रदर्शन हुँदै



अ+ अ-

काठमाडौँ । दीपक आचार्य ‘काकु’ निर्देशित चलचित्र ‘परान’ २०८२ सालमा सबैभन्दा धेरै कमाउने नेपाली फिल्म बनेको छ ।

परिवार, सम्बन्ध र सङ्घर्षको कथालाई प्रस्तुत गरिएको चलचित्रमा नीर शाह र अभिनेत्री केकी अधिकारीसँगै मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, प्रविन खतिवडा, यमन श्रेष्ठ, बुद्धि तामाङ, बबिन राई लगायतका कलाकारको अभिनय छ ।

अब यो चलचित्र पोर्चुगलमा पनि प्रदर्शन हुने भएको छ । पाँच जना युवाहरु मिलेर निर्माण भएको थैङक यू इन्टरटेनमेन्टको प्रस्तुतिमा बर्ष २०८२ को सबैभन्दा व्यावसायिक कमाई गर्न सफल एवम् हरेक नेपालीको प्राण र ढुकढुकी बन्न सफल नेपाली चलचित्र परान नेपालीहरुको उल्लेखनीय बसाई रहेको पोर्चुगल देशमा प्रदर्शनमा आउन लागेको हो ।

पोर्चुगलको राजधानी लिस्बन अवस्थित क्याम्पो पिकेनोको सिनेमा सिटी हलमा डिसेम्बर १,२ र ३ तारिख साँझ ५ बजे प्रदर्शनी राखिएको छ ।

प्रदर्शक थैङक यू इन्टरटेनमेन्टमा नेपाली चलचित्रमा आबद्ध कलाकार एवं समाजसेवी सन्तोष तामाङ, चलचित्र निर्देशक प्रवेश पौडेल, मोडल एवं रेस्टुरेन्ट व्यवसायी भावेश बस्नेत, रेस्टुरेन्ट व्यवसायी एवं समाजसेवी अनिल अधिकारी र समाजसेवी सन्जिब शाह छन् ।

यो समूहले चलचित्र परानको प्रदर्शनी पश्चात् आगामी दिनहरुमा पनि नेपाली चलचित्रहरुको प्रदर्शनीमा निरन्तरता दिने र नेपाली चलचित्रहरुको अन्तर्राष्ट्रिय बजार बिस्तार गर्न पहल गरी नेपाली चलचित्र क्षेत्रलाई टेवा पुर्याउने लक्ष्य लिएको छ ।