२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबैले मिलेर देश परिवर्तन गर्न आवश्यक छः अध्यक्ष साम्पाङ



अ+ अ-

टक्सार । श्रम, संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सबैले मिलेर देश परिवर्तन गर्न आवश्यक रहेको बताउनुभएको छ ।

स्थानीय टुँडिखेलमा आज आयोजित कार्यकर्ता भेला तथा सङ्गठन विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साम्पाङले श्रम बिना परिवर्तन सम्भव नभएकाले सबै शक्ति मिल्न जरुरी रहेको धारणा राख्नुभयो । देशको जनशक्ति नै युवाशक्ति भएकाले युवाको सही प्रयोग हुन आवश्यक रहेकामा उहाँले जोड दिनुभयो ।

“युवाले आफूहरु कसरी र कोबाट परिचालन भइरहेका छौँ भन्ने बुझन आवश्यक छ”, अध्यक्ष साम्पाङले भन्नुभयो ।

युवाले अब श्रम गरेर पसिना बगाउन आवश्यक रहेको उहाँको भनाइ थियो । अध्यक्ष साम्पाङले अबका दिनमा सबै सच्चिन आवश्यक रहेको बताउनुभयो ।