३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद

चलचित्र निर्माताको प्रश्नः सिनेमा हललाई ऋण दिन मिल्ने चलचित्र निर्माण कम्पनीलाई किन नमिल्ने ?

चलचित्र निर्माताको प्रश्नः सिनेमा हललाई ऋण दिन मिल्ने चलचित्र निर्माण कम्पनीलाई किन नमिल्ने ?
अ+ अ-

काठमाडौं । प्रस्तावित चलचित्र सम्बन्धी विधेयकमा चलचित्र क्षेत्रका सरोकारवालाले असन्तुष्टी जनाउनुभएको छ ।

राष्ट्रिय सभा अन्तर्गतको  विधायन व्यवस्थापन समितिको आईतवारको बैठकमा सहभागीहरु सरोकारवालहरुले विधेयक संघीयता अनुरूप नभएको, सेन्सर प्रणाली कडा भएको तथा आर्थिक संरचना कमजोर पार्ने प्रावधान राखिएको आरोप लगाउनुभएको हो । चलचित्र विज्ञ केपी पाठकले चलचित्र विधेयक संघीयता अनुरुपको नभएको पनि बताउनु भयो । पञ्चायती व्यवस्थामा आफ्नो प्रचार गर्न तत्कालिन सरकारले सिनेमा बनाउनको लागि चलचित्रसम्बन्धी ऐन ल्याएको उल्लेख गर्नुहुदै उहाँले प्रश्तावित विधेयक त्यहाँभन्दा माथी उठ्न नसकेको आरोप लगाउनु भयो । संघीय गणतन्त्रलाई स्वीकार गर्नेगरी विद्येयक ल्याउन उहाँले सुझाव दिनुभयो । उहाँले चलचित्रलाई सेन्सर गर्ने व्यवस्था पनि अनुपयुक्त भएको बताउनु भयो । नेपाली चलचित्रलाई राज्यले लगानी नै नगरेको उहाँको भनाई छ । विदेशी चलचित्रबाट उठेको करले नेपाली सिनेमालाई विकास गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाली चलचित्र हलमा लाग्दाखेरी त्यसको विकास शुल्क लाग्दैन । कर छुट छ, राज्यले संरचना चाहीँ दियो तर राज्यले लगानी नै गरेन । चलचित्रमा राज्यको लगानी छैन । के भन्छ भन्दा चलचित्र चलाउ त्यो चलचित्रबाट उठेको करले तिम्रो क्षेत्रको विकास गर भन्छ । नेपाली सिनेमामा विकास शुल्क छुट छ, विदेशी सिनेमाको विकास शुल्क आउँछ, विदेशी सिनेमा हलमा चलाएर विदेशी सिनेमाबाट उठेको करले नेपाली सिनेमाको विकास गर भनेर राज्यले भन्देको छ । त्यसो हो भने त बढीभन्दा बढी सिनेमाको विकास गर्न बढी भन्दा बढी पुँजीको आवश्यकता पर्छ । बढी भन्दा बढी पुँजी के गर्दा आउँछ त भन्दा विदेशी सिनेमा चलाएर नै आउँछ त । भनेपछि विदेशी सिनेमालाई नै प्रमोसन गर्नुपर्ने होला नी त । यो विरोधाभाषपुर्ण अवस्थामा हामी छौँ ।’

चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले प्रश्तावित कानूनमा ५ वटा प्रमुख विषयलाई सम्बोधन गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले सर्जक तथा निर्देशकको अभिव्यक्ति स्वतन्त्रता, चलचित्रको सांस्कृतिक तथा व्यवसायिक पहिचान र चलचित्रकर्मीको श्रम–सुरक्षा दिनुपर्ने बताउनु भयो । राज्यले चलचित्र क्षेत्रलाई उद्योगको रुपमा स्वीकार गरेपनि बैंकबाट ऋण लिन समस्या भएकाले सहज रुपमा ऋण लिन पाउने व्यवस्था गर्न माग गर्नुभयो । उहाँकाअनुसार बैंकहरूले अझै पनि अधिकांश निर्मातालाई ऋण दिन मान्दैनन् । उहाँले सिनेमा हललाई ऋण दिन मिल्ने चलचित्र निर्माण कम्पनीलाई किन नदिने ? सरकारले किन ग्यारेन्टी नबस्ने ? भन्दै प्रश्न समेत गर्नुभयो । उहाँले प्रश्तावित विधेयकमा नै प्रतिलिपि अधिकारको ग्यारेन्टी गर्न माग गर्नुभयो । उहाँले प्रतिलिपि अधिकार सर्जकले जीवनभर पाउनुपर्ने र मृत्युपछि ५० वर्षसम्म परिवारले संरक्षण पाउने व्यवस्था गर्नुपर्ने बताउनु भयो । हाल अधिकांश सर्जकको प्रतिलिपि अधिकार म्युजिक नेपालले आफूखुशी लिएको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘हामीले चलचित्रको कानुन बनाउदाँखेरी मुख्य ५ वटा कुरालाई ध्यान दिनुप¥यो । पहिलो, हामी सर्जक, निर्देशकहरुको अभिव्यक्तिको स्वतन्त्रतालाई ख्याल गर्नुप¥यो । सिनेमा सांस्कृतिक र व्यवसायिक उत्पादन हो । यसलाई सांस्कृतिक मात्रै नभनेर सांस्कृतिक र व्यवसायिक रुपमा यसलाई हेर्दिनुप¥यो । हामी चलचित्रकर्मीहरुको कानुनी सुरक्षा, श्रमको अधिकारको सुरक्षा हुनुप¥यो । आर्थिक र औधोगिक संरचना कुराहरुमा नेपाली चलचित्र उद्योगलाई के भन्ने त ? उद्योगको रुपमा नेपाल सरकारले हालसालै मात्रै मान्यता दिएको छ । दिएर के गर्नु तर अहिलेसम्म बैक लोन पाइँदैन । शेखर गोल्छाज्यू हाम्रो निर्माताले हिजोअस्ती नै पाउनुभयो नी । उहाँले ठूलो मारवाडी घरानाको हुनुहुन्थ्यो, फ्याक्ट्रीहरु टन्न थियो, यसले चाँही ४ करोड फिल्म बनाउँदा खाँदैन भन्यो बैकले दियो । तर हाम्रा आम निर्माताहरु कसैलाई बैकले लोन पत्याउँदैन । यसमा सरकारले किन ज्ञारेन्टी नबस्ने ? यसलाई किन औधोगिक रुपमा नमान्ने ? सिनेमा हललाई लोन दिन मिल्छ भने सिनेमा उत्पादन गर्ने कम्पनीलाई दिन किन नमिल्ने ? यसका बारेमा पनि कानुनमा नै समेटेर ल्याउनपाए राम्रो हुन्थ्यो । सर्जकको रोयल्टीको पनि कानुनमा आओस् ।’ 

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले भारतीय चलचित्रको निर्वाध आगमनले नेपाली फिल्म उद्योग झन् कमजोर बन्दै गएको बताउनु भयो । उहाँले भारतमा नेपाली चलचित्र गएमा भन्सार शुल्क तिर्नुपर्ने भएकाले नेपालमा पनि भारतीय चलचित्रलाई समान शुल्क लगाउनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाली चलचित्रमा पनि विकास शुल्क लगाउन सुझाव दिनुभयो । चलचित्र विकास बोर्डलाई स्वायत्त बनाउन पनि उहाँले आग्रह गर्नुभयो । बोर्डमा राजनितिक नियुक्ति हुँदा पनि समस्या भएकोले चलचित्र बुझेका व्यक्तिलाई नै बोर्डको प्रमुख बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘भारतीय चलचित्रको निर्वाध आगमन, प्रर्दशनले नेपाली चलचित्रलाई मार पारिरहेको छ । भारतमा हाम्रा नेपाली चलचित्र गयो भने जुन किसिमको भन्सार शुल्क लाग्छ, त्यही किसिमको भन्सार शुल्क भारतीय चलचित्रलाई नेपालमा लगाईदियो भने कमसेकम नेपाली चलचित्रले अलिकति संरक्षण पाउँछन् । हाम्रो धेरै निर्माताहरुले समस्या पाईरहेका छन्, भारतमा चलचित्र चलाउँदाखेरी उता हामीले जसरी भन्सार शुल्क तिर्छौँ यता पनि त्यही बराबरको भन्सार लगाउनुपर्छ । अर्को विकास शुल्क, नेपाली चलचित्रको प्रवर्धन अहिलेसम्म कसले गरेको छ भने भारतीय चलचित्र चलाएर आएको विकास शुल्कले गर्दिरहेको छ । कमसेकम कि त्यो विकासशुःल्क अलिकति बढाईदिनुप¥यो ।’ 

चलचित्र निर्माता संघका अध्यक्ष उदय सुब्बाले पछिल्लो समय सेन्सर बोर्ड अत्यधिक कठोर बन्दै गएको आरोप लगाउनु भयो । उहाँले सांस्कृतिक संवेदनशीलता बचाउनुपर्छ भन्दैमा अनावश्यक हस्तक्षेप गर्न नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले नेपालको सेन्सर बोर्ड असाध्यै कडा भएर आएको छ । एक पटक भारतको अमिर खानले पनि भनेको थियो, सायद संसारको सबैभन्दा कडा सेन्सर बोर्ड नेपालमा रहेछ, उहाँले माफी पनि माग्नुभएको थियो, एउटा के फिल्ममा । अब त देशमा धेरै परिवर्तन पनि आयो । तर परिवर्तन आयो भन्दैमा समाज, देश, जाती, धर्मलाई तल पारेर त्यसको विरोध गर्ने त होईन । तर हामी अलिकति खुकुलो हुने हो की । पछिल्लो समय सेन्सर बोर्ड अलि कडा भएको महसुस भएको छ ।’ 

निर्माता तथा कलाकार खगेन्द्रप्रसाद लामिछानेले सरकारले चलचित्र क्षेत्रमा लगानी नै नगरेको बताउनु भयो । उहाँले पनि सेन्सर बोर्डकै कारण दुःख पाएको बताउनु भयो । उहाँले नेपालको सेन्सर प्रक्रिया अनुभव गर्दा आफू लोकतान्त्रिक देशको नागरिक भएको अनुभुति समेत नुहने बताउनु भयो । उहाँले सेन्सर बोर्डको रबैयाविरुद्ध माईतीघरमा आन्दोलनमा उत्रिन मात्रै बाँकी रहको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सेन्सर बोर्डमा जाँदाखेरी सिनेमा सेन्सरको जुन पद्धति छ, त्यो पद्धतिलाई भोग्नुपर्दा म कुनैपनि लोकतान्त्रिक मुलुकमा बसको नागरिक होइन भन्ने अनुभुति मलाई हुन्छ । हामी त अब त रत्नपार्क अथवा माइतीघरमा पाल टाँगेर बस्न मात्रै बाँकी छ ।’ 

बैठकमा चलचित्र हल सञ्चालक नरेन्द्र महर्जनले चलचित्रसम्बन्धी विधेयकका बारेमा सबै स्टेक होल्डरसँग छलफल गरेर सुझाव पेश गर्ने बताउनु भयो । समितिले चलचित्र विधेयकमा सरोकारवालाहरुको राय सुझाव लिइरहेको छ । समिति सभापति तुलसाकुमारी दाहालले सरोकारवालाहरुबाट आएको सुझावलाई विधेयकमा राखिने जानकारी दिनुभयो ।