२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेश प्रदेशमा ललितकला कार्यशाला



अ+ अ-

काठमाडौँ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले देशव्यापी रूपमा सुरु गरेको कला गतिविधि यतिबेला मधेश प्रदेश पुगेको छ । मधेश प्रदेशका विभिन्न स्थानमा गएर कलासम्बन्धी कार्यशाला सम्पन्न भएका छन् । जसमध्ये, शनिबार प्रतिष्ठानले ललितकला विषयक अन्तरक्रिया तथा एक दिवसीय भोजपुरी लोककला कार्यशाला सम्पन्न गरेको छ ।

त्रिजुद्ध महावीरप्रसाद रघुवीरराम मावि बिर्ता वीरगञ्ज–४ पर्सामा भएको कार्यशालामा बालबालिकाको उपस्थिति थियो । अजमत प्रडक्सन, नेपाल भोजपुरी समाज वीरगञ्ज पर्सा र मैथिली विकास कोष, जनकपुरधामको सहकार्यमा गरिएको कार्यक्रममा प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले ‘ललितकला र यसको महत्व’ विषयमा प्रस्तुति दिनुभएको थियो ।

उहाँले प्रतिष्ठानको उद्देश्य, गतिविधि र योजनाका विषयमा जानकारी गराउँदै प्रतिष्ठानले देशभरि गरेका चित्रकला, मूर्तिकला, लोककला, शिल्पहस्तकला, परम्परागत कला, वास्तुकला, बहुआयामिक तथा अन्य सिर्जनात्मक कलालगायत कलाका विविध पक्षको पहिचानसँगै संरक्षण, प्रवर्द्धन र विकास गर्ने लक्ष्यका साथ गतिविधि गरिएको बताउनुभयो ।

सो अवसरमा वास्तुकला तथा लोककला विभाग प्रमुख प्रदीप अधिकारीले भोजपुरी लोककलाको विकास, संरक्षण र प्रवर्द्धनमा स्थानीय समुदाय, पालिका, सरकार, प्रदेश सरकार तथा सङ्घीय सरकारको समन्वयमा कार्य गरिनुपर्ने धारणा राख्नुभयो ।

प्रतिष्ठानका शिल्प–हस्तकला विभाग प्रमुख अरुणा हिङमाङले भोजपुरी लोककलाको उन्नतिका लागि प्रतिष्ठानले कार्यक्रम आयोजना गरेको बताउनुभयो । प्रतिष्ठानका प्राज्ञसभा सदस्य अजमत अलि अन्सारीले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले भोजपुरी लोककलाको विकासमा सबै पक्षको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल भोजपुरी समाजका अध्यक्ष ध्रुवसिंह ठकुरी, वीरगञ्ज भोजपुरी प्रतिष्ठानका अध्यक्ष अनिता साह, नेपाल कमर्सियल सङ्घ वीरगञ्जका सचिव रामनरेश चौरासिया, वीरगञ्ज सङ्गीत कला परिषद्का उपाध्यक्ष शाविर हुसैनलगायतको उपस्थिति थियो । कार्यशालामा नयाँ तथा पुराना पुस्ताका ३० जना कलाकारको सहभागिता थियो ।रासस