चन्द्रौटा । कपिलवस्तु एक महिलामाथि तेजाब प्रहार गरिएको छ । जिल्लाको महाराजगञ्ज नगरपालिका– १ की ५१ वर्षीया बेदमतीदेवी गुप्तामाथी तेजाब प्रहार भएको हो । तेजाब प्रहारबाट गुप्ता घाइते भएकी छन् ।
प्रहरीका अनुसार महिलाको निधार र शरीरमा तेजाब लागेको छ । तेजाब आक्रमणपछि घाइते गुप्ताको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ । क्रिकेट ब्याडका विषयमा विवाद चल्दै गर्दा छिमेकी हरिनारायण वरईले तेजाब प्रहार गरेको बताइएको छ ।
वरईले क्रिकेट ब्याड भाँचेपछि ब्याडको बिषयलाई लिएर झगडा भएका बेला ब्याट्रिमा राख्ने तेजाब फालेका थिए । वरई ब्याट्री मर्मत गर्ने पसल सञ्चालन गर्छन् । प्रहरीले वरईलाई ज्यान मार्ने उद्योगअन्र्तगत मुद्दा दर्ता गरिएको छ ।गुप्ताको अवस्था सामान्य रहेको छ ।