१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेन–जी विद्रोह विदेशीको कारणले भन्नु लाज पनि लजाउने अभिव्यक्ति होः सुदन किराँती



अ+ अ-

काठमाडौँ । प्रगतिशिल लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले जेन–जी विद्रोह विदेशीको कारणले भन्नु लाज लजाउने अभिव्यक्ति भएको टिप्पणी गर्नुभएको छ ।

आईतवार प्रगतिशिल लोकतान्त्रिक पार्टी एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।

उहाँले जेन जी विद्रोह विदेशीको कारणले नभइ नेतृत्वमा रहेका नेताहरुका कारणले भएको जिकिर गर्नुभयो । आफ्नो कोठा खुला राख्ने, कोठामा धान छर्ने, भकारीलाई राम्रोसँग नबाँध्ने, अनि भँगेरा आयो भनेर भँगेरालाई दोष दिएर हुन्छ ? नेता किराँतीको प्रश्न छ । २० वर्षदेखि राज्यसत्ताको दोहन गरी देशलाई कंगाल बनाउने काम गरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘उहाँहरु जेन–जी विद्रोह विदेशीको कारणले हो भनेर अझै पनि भन्नुहुन्छ । लाज पनि लजाउने गरी अभिव्यक्ति दिइरहनुभएको छ । हाम्रो पार्टी सम्पूर्ण रुपले खारेज गर्दछ त्यसलाई । आफ्नो कोठा खुला राख्ने, कोठामा धान छर्ने, भकारीलाई राम्रोसँग नबाँध्ने, अनि भँगेरा आयो भनेर भँगेरालाई दोष दिएर हुन्छ ? २० वर्षदेखि राज्यसत्तामा को छ एकलौटी ? केही मानिसहरु म्युजिकल चियर खेलेर देशलाई कंगाल बनाएर बसेका छन् । देशको स्वाधिनतालाई कमजोर बनाएर बसेका छन् । अनि विदेशीलाई दोष लगाउने ?’

उहाँले थैली बन्दिलो नबाँध्ने र साथीलाई चोर दोष लगाउने काम नगर्न चेतावनी दिनुभयो ।