२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्थिक रुपमा सबल नहुँदा सम्म महिलाहरुले आफ्नो अधिकार प्राप्त गर्न सक्दैनन् : मन्त्री अर्याल



अ+ अ-

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले आर्थिक रुपमा सबल नहुँदा सम्म महिलाहरुले आफ्नो अधिकार प्राप्त गर्न नसक्ने बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित एक साक्षत्कारमा बोल्दै मन्त्री अर्यालले संविधानमा उल्लेखित भएका अधिकारहरु सबै भोग्ने अवस्थामा पुर्याउन महिलालाई आर्थिक रुपमा सक्षम बनाउनुपर्ने बताउनुभएको हो । सरकारले १५ औं योजनामा सन २०३० भित्रमा महिलामाथि हुने सबै खालका असमानताको अन्त्य गर्ने लक्ष्य लिएको र सोही अनुसार नै काम अगाडि बढेको बताउनुभयो । उहाँले राज्यका विभिन्न निकायमा रहेका महिलाहरुले आफ्नो जिम्मेवारी कुसलतापुर्वक पुरा गरी महिलाहरु सक्षम छन भन्ने प्रमाणित गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेस सचेतक पुष्पा भुसालले संविधानले समानुपातिक समावेसिताको सुनिश्चितता गरेको भएपनि सरकारमा महिला सहभागिता नहुनुले अझैपनि महिलाहरुलाई चुनौति रहेको बताउनुभयो । उहाँले अझैपनि निर्णय गर्ने ठाउँमा महिलाहरु पुग्न नसक्नुले राजनीतिक लडाई अझै नसकिएको उहाँले बताउनुभयो ।

राष्ट्रिय सभा सदस्य सांसद कोमल ओलीले महिलाको कुरा महिलाले मात्र उठाएर समाधान नहुने बताउनुभयो । उहाँले अवसर पाएका महिलाले अरु महिलाका लागि प्रयास नगरेसम्म महिला अधिकारका कुरा गर्नु व्यर्थ हुने बताउनुभयो ।

सांसद चन्दा चौधरीले विभिन्न पार्टी भित्र रहेका महिलाहरु महिलाको विषयमा पार्टीको ह्विप भन्दा माथि उठेर काम गर्न नसक्दा सम्म महिला अधिकारको सुनिस्चितता नहुने बताउनुभयो ।

अभिनेत्री रेखा थापाले पुरुषहरुको दबदवा भयो, महिलाहरु कोटामा मात्रै भन्ने महिलाहरुले हिम्मत गरेर चुनावमा पुरुषलाई भोट नहाल्न चुनौति दिनुभयो । उहाँले सदनका महिला देखि सडकका महिलाहरु ताली पड्काउन र दर्शकको रुपमा मात्र काम गरेकाले महिलाहरु सँधै पछाडि परेको बताउनुभयो ।

कार्यक्रममा महिलाहरुको हक हितका लागि नेतृत्वतहमा पुगेका महिलाहरुले आफ्नो जिम्मेवारीमा रही अधिकार र महिलाका मुद्दाका विषयमा एकरुपता कायम गरी सबैले काम गर्नुपर्नेमा महिला नेतृहरुले जोड दिएका थिए । उनिहरुले देशको कार्यकारी प्रधानमन्त्री भएर काम गर्न सक्ने क्षमता महिलाहरुमा रहेको उल्लेख गर्दै त्यसका लागि आफुहरु सँधै लडिरहने प्रतिवद्धता समेत जनाए ।