२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना भाइरस नियन्त्रणका लागि सामाग्रीहरु निशुल्क उपलब्ध गराउने



अ+ अ-

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले कोरोना भाइरस (कोभड १९) नियन्त्रणका लागि त्रिभुवन विमानस्थल र स्वास्थ्य सेवा विभागलाई विभिन्न सामाग्रीहरु उपलब्ध गराएको छ ।

चेम्बरले आइतबार एक कार्यक्रम गरी त्रिभुवन विमानस्थल हवाई उड्डयन कार्यालय र स्वास्थ्य सेवा विभागलाई मास्क, इन्फ्रारेड थर्मोमिटर, एप्रोन, ह्याण्ड ग्लोभ लगायतका सामाग्रीरुरु उपलब्ध गराएको हो । कार्यक्रममा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले कोरोना भाइरस (कोभिड १९)को सम्भावित प्रकोप नियन्त्रण तथा उपचारका लागि आफुहरुले उपलब्ध गराएको सामाग्रीदृ सघाउ पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

चेम्बरले उपलब्ध गराएको सामाग्री कोरोना भाइरस प्रवेश हुन सक्ने स्थानमा प्रयोग गर्ने बताउनुभयो। उहाँले बजारमा सहजै सामाग्री पाउन नसकेको अवस्थामा निशुल्क उपलब्ध गराएर चेम्बरले गरेको सहयोग अपुरणिय भएको बताउनुभयो ।

त्रिभुवन विमानस्थल हवाई उड्डयन कार्यालयका निर्देशक देव चन्द्रलाल कर्णले एयरपोर्ट जस्तो संवेदनशिल क्षेत्रमा हुनसक्ने संक्रमणको पहिचान र रोकथामका लागि चेम्बरले उपलब्ध गराएका सामाग्रीहरु महत्वपूर्ण हुने बताउनुभयो ।

नेपाल चेम्बर अफ कमर्सले प्राइम किट प्रिमियम सेट, गाउन, एप्रोन, ह्याण्ड ग्लोभ, पेमर मास्क, नन कन्ट्राक्ट इन्फ्रारेड थर्मोमिटर लगायतका सामाग्रीहरु उपलब्ध गराएको हो ।