२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

सपना सहकारी नाफामा, तरलता व्यवस्थापन चुनौतीपूर्ण

सपना सहकारी नाफामा, तरलता व्यवस्थापन चुनौतीपूर्ण
अ अ+ अ-

काठमाडौं: मुलुकमा सहकारीहरुमा एकपछि अर्को संकट आइरहे पनि सपना बहुउद्देश्यीय सहकारी संस्था भने यसवर्ष नाफा कमाउन सफल भएको छ ।

सहकारीको आज राजधानीमा सम्पन्न २८औं वार्षिक साधारण सभामा प्रस्तुत प्रतिवेदनमा आर्थिक वर्ष २०८१/८२ मा संस्थाले २ लाख ३१ हजार ३४२ रुपैयाँ नाफा गर्न सफल भएको उल्लेख छ जसमा २ करोड ४८ लाख ५० हजार कूल आम्दानी र २ करोड ४६ लाख १९ हजार खर्च भएको छ ।

संस्थाले चालू आर्थिक वर्ष २०८२/८३ मा नाफा वृद्धि गरी १४ लाख ६६ हजार रुपैयाँ हुने प्रक्षेपण पनि गरेको छ ।

सभामा प्रस्तुत लेखापरीक्षण प्रतिवेदनमा संस्थाले रु. ४८ लाख ७४ हजारको गैह्र बैंकिङ सम्पत्ति (शेयर धितो) बिक्री गर्न लागेको उल्लेख छ । यसबाट संस्थाको आम्दानी बृद्धि हुनुका साथै संस्थाको लगानीमा थप गुणात्मक पक्ष सुदृढ हुने संस्थाका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र अर्यालले जानकारी दिनुभयो ।

संस्थाका अध्यक्ष प्रज्वल थान्जुले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै गत वर्ष तरलताको पर्याप्ततामा बस्नु पर्दा संस्थाले घाटा व्यहोर्नु परे पनि यस वर्ष संस्था नाफामा जान सफल भएको जानकारी दिनुभयो ।

उहाँले संस्थाले खरिद गरेको पुतलीसडकस्थित आफ्नै भवनबाट सेवाकेन्द्र सञ्चालन गर्ने पनि बताउनुभयो । यस सहकारीको केन्द्रीय कार्यालय हाल कमलादीमा रहेको छ ।

यस सहकारीबाट साधारण बचत, बचत प्लस, विशेष बचत, दैनिक बचत, सपना स्वर्ण बचत, सपना विशेष बचत, क्रमिक बचत (३० महिने), अनिवार्य बचत (६० महिना), बाल भविष्य बचत, बाल भविष्य क्रमिक बचत जस्ता बचत कार्यक्रम संचालनमा छन् ।

संस्थाले हायरपर्चेज, व्यापार, उद्योग, कृषि, शैक्षिक, सेवा (शेयर), जग्गा खरिद, सामाजिक, सुलभ व्यक्तिगत, वैदेशिक रोजगार, व्यक्तिगत र घर निर्माण, जग्गा विकासमा लगानी गरिरहेको प्रमुख कार्यकारी अधिकृत रामचन्द्र अर्यालले बताउनुभयो ।