काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले कोरोना भाइरस (कोभड १९) नियन्त्रणका लागि त्रिभुवन विमानस्थल र स्वास्थ्य सेवा विभागलाई विभिन्न सामाग्रीहरु उपलब्ध गराएको छ ।
चेम्बरले आइतबार एक कार्यक्रम गरी त्रिभुवन विमानस्थल हवाई उड्डयन कार्यालय र स्वास्थ्य सेवा विभागलाई मास्क, इन्फ्रारेड थर्मोमिटर, एप्रोन, ह्याण्ड ग्लोभ लगायतका सामाग्रीरुरु उपलब्ध गराएको हो । कार्यक्रममा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले कोरोना भाइरस (कोभिड १९)को सम्भावित प्रकोप नियन्त्रण तथा उपचारका लागि आफुहरुले उपलब्ध गराएको सामाग्रीदृ सघाउ पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
चेम्बरले उपलब्ध गराएको सामाग्री कोरोना भाइरस प्रवेश हुन सक्ने स्थानमा प्रयोग गर्ने बताउनुभयो। उहाँले बजारमा सहजै सामाग्री पाउन नसकेको अवस्थामा निशुल्क उपलब्ध गराएर चेम्बरले गरेको सहयोग अपुरणिय भएको बताउनुभयो ।
त्रिभुवन विमानस्थल हवाई उड्डयन कार्यालयका निर्देशक देव चन्द्रलाल कर्णले एयरपोर्ट जस्तो संवेदनशिल क्षेत्रमा हुनसक्ने संक्रमणको पहिचान र रोकथामका लागि चेम्बरले उपलब्ध गराएका सामाग्रीहरु महत्वपूर्ण हुने बताउनुभयो ।
नेपाल चेम्बर अफ कमर्सले प्राइम किट प्रिमियम सेट, गाउन, एप्रोन, ह्याण्ड ग्लोभ, पेमर मास्क, नन कन्ट्राक्ट इन्फ्रारेड थर्मोमिटर लगायतका सामाग्रीहरु उपलब्ध गराएको हो ।