२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटनगरले काठमाण्डुलाई ५ विकेटले हरायो



अ+ अ-

काठमाडौँ । नेपाली प्रीमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सले लगातार दोस्रो जित निकालेको छ ।

भर्खरै सम्पन्न खेलमा विराटनगरले काठमाण्डु गोर्खाजलाई ५ विकेटले हराएको हो । १३५ रनको लक्ष्य विराटनगरले १७.१ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । उसका लागि जर्ज मुन्सीले ३६, मार्टिन गप्टिलले २५, नरेन भट्टले २४ तथा बसिर अहमदले १९ रन जोडे भने लोकेश बमले १४ रन बनाए ।

बलिङतर्फ काठमाडौँका शाहब आलमले दुई तथा करण केसी, जेरहार्ड इरास्मस र सन्तोष यादवले एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको काठमाण्डुले २० ओभरमा ६ विकेट गुमाएर १३४ रन जोड्यो । उसका लागि मोहम्मद आदिल आलमले अविजित ४८ रनको योगदान दिए । २५ बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे । यस्तै, बेन चाल्र्सवर्थले ३२ रन जोडे भने सन्तोष यादवले २६ रन बनाए ।

बलिङतर्फ मर्चेन्ट डि लान्जले दुई तथा शुभम रञ्जने, सुर्य तामाङ र सन्दीप लामिछानेले एक–एक विकेट लिए ।

यसअघिको खेलमा विराटनगरले पोखरालाई ५३ रनले हराएको थियो भने काठमाण्डुले जनकपुरलाई ५ विकेटले हराएको थियो ।