२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार, हिडडुल गराउन थालियो



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको चिकित्सकहरुले बताएका छन् ।

दोस्रो पटक मृगौला प्रत्यारोपण गरेको पाँचौ दिन ओलीको भाइटल र ल्याब सूचकहरुपनि सामान्य रहेको चिकित्सकहरुले बताएका छन् । त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्काका अनुसार प्रधानमन्त्री ओलीलाई नियमित सन्तुलित आहार दिनुका साथै हिडडुल पनि गराउन थालिएको छ । उहाँलाई मृगौला दिने समीक्षा संग्रौलाको स्वास्थ्य पनि राम्रो रहको छ । संग्रौलाको पनि भाइटल र ल्याब सूचकहरु सामान्य रहेको डा. खड्काले बताउनुभयो ।

आइतबार अस्पताल पुग्नुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा ब्यापक सुधार भइरहेको बताउनुभयो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्थ थापाले इजरायल, फ्रान्स र युरेपेलि युनियनका राजदूतहरुले प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गरेको बताउनुभयो ।