३ भाद्र २०८३, बुधबार
,
Latest
जनसरोकारका मुद्दामा सरकार गम्भीर भएनः हर्कराज राई चमती आयोजना र सार्वजनिक पूर्वाधार व्यवस्थापनका लागि काठमाडौं महानगरद्वारा समिति गठन भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता तस्बिरमा चीन : नेपाली फोटो पत्रकारको दृष्टिमा संस्कृति, प्रकृति र विकास बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद शिक्षा ऐन विद्यार्थीकेन्द्रित र प्रविधिमैत्री बनाउन नेशनल प्याब्सनको माग ५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमण सम्पन्न तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

भियतनाममा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५५ पुग्यो



अ+ अ-

एजेन्सी । भियतनामको मध्य क्षेत्रमा भारी वर्षाका कारण आएको बाढीमा परी मृत्यु हुनेहरुको सङ्ख्या ५५ पुगेको जनाउदै १३ जना अझै बेपत्ता रहेको भियतनाम प्रकोप र डाइक व्यवस्थापन प्राधिकरणले शनिबार रिपोर्ट गरेको छ ।

बाढीले करिब ८० हजार हेक्टर धान र अन्य बाली डुबानमा पारेको छ भने ३।२ मिलियन भन्दा बढी कुखुरा तथा गाईवस्तुहरूलाई बगायर मृत्यु भएको जनाइएको छ ।

प्राधिकरणको प्रतिवेदन अनुसार २८ हजार ४०० भन्दा बढी घरहरू डुबानमा परेका छन् भने अन्य ९४६ घरहरू क्षतिग्रस्त भएका छन् ।

यसै गरी बाढीले लगभग नौ ट्रिलियन भियतनामी डोङ (लगभग ३५८ मिलियन अमेरिकी डलर) आर्थिक क्षति गरेको अनुमान गरिएको छ ।