१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एमालेले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्ने



अ+ अ-

काठमाडौं । वर्तमान सरकार गठन र प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भन्दै आएको नेकपा एमालेले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दै छ ।

एमाले बागमती प्रदेश कमिटीको आयोजनामा प्रदर्शनीमार्गमा ‘शान्तिपूर्ण जनप्रदर्शन तथा जनसभा’ गर्न लागिएको हो ।

स्थानीय तह र जिल्लामा शक्ति प्रदर्शन गरिसकेको एमालेले आज राजधानीमा सभा गर्न लागेको जनाएको छ ।

यो जनसभालाई एमालेले शक्ति प्रदर्शनको रुपमा अथ्र्याउँदै आएको छ । संसद विघटन र सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक तवरले बनेको भन्दै त्यसको विरोध स्वरूप जनसभा गर्न लागिएको नेताहरुले बताएका छन् ।

एमालेले आजको प्रदर्शनमा ठूलो संख्यामा मानिसहरुलाई सहभागी गराउने दाबी गरेको छ ।

यसअघि हिजो एमालेले पार्टीको भोलेन्टियर फोर्स घोषणा गरेको थियो ।