काठमाडौं । आज फागूपूर्णिमा अर्थात काठमाडौसहित पहाडी भेगमा होली रौनक छाएको छ । पहाडी भेगका मानिसहरुले फागूपूर्णिमा होली खेलेर हर्षोल्लासका साथ मनाउँदै छन।
फागुन शुक्ल पूर्णिमाका दिन प्रत्येक वर्ष मनाइने रङहरुको चाड फागुपूर्णिमा विभिन्न प्रकारका रङ प्रयोग गरी एक–अर्कालाई रंग दलेर मनाउने गरिन्छ। फागुपूर्णिमाका दिन बालबच्चादेखि बृद्धबृद्धासम्मले होली पर्वको मजा लिने गर्छन् । तराईमा भोलिमात्रै होली मनाइन्छ।
होली पर्वलाई पुरानो दुस्मनी बिर्सेर एक–आपसमा खुसी साट्ने पर्वका रूपमा समेत मनाइने गरिन्छ। काठमाडौंको वसन्तपुर दरबारअगाडि फागुन शुक्ल अष्टमीको दिन लिंगो गाडेपछि होली सुरु भएको मानिन्छ। होली पर्व पूर्णिमाको दिन राति लिंगो ढालेर जलाएपछि सकिएको मानिन्छ।