२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानीमा ट्राफिक प्रहरीको होली विशेष सुरक्षा योजना, गल्ली गल्लीमा चेकिङ



अ+ अ-

काठमाडौं । होली पर्वलाई दुर्घटनारहित र सुरक्षित बनाउन राजधानीमा ट्राफिक प्रहरीले होली विशेष सुरक्षा योजना लागू गरेको छ।महाशाखाले काठमाडौंका अधिकांश चोक, गल्ली तथा सडकमा सुरक्षा जाँच कडा पारिने महाशाखाले जनाएको छ।

उपत्यकाका ७६ स्थानमा चेकिङ प्वाइन्ट र १४ वटा मोबाइल भ्यानहरूले गस्ती गरिने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मादक पदार्थ सेवन गरी जथाभावी सवारी चलाउने, हेलमेट नलगाई दुईपांग्रे सवारी नचलाउन, ओभरलोड वा मोटरसाइकलमा दुई जनाभन्दा बढी मानिस राखेर यात्रा नगर्न, जिकज्याक गरी नचलाउन, मोटरसाइकललाई मोडिफाइ गरेर चलाउनेलाई कारबाही गर्न विशेष जाँचको व्यवस्था मिलाएको छ ।

त्यस्तै, सडक र सवारी प्रयोगकर्ताहरूलाई उपत्यकामा कुनै पनि समस्या परेमा वा यात्राको क्रममा कुनै जानकारी लिनु परेमा ट्राफिक प्रहरीको हटलाइन १०३ मा फोन गर्न अनुरोध गरेको छ।