२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली डिस्चार्ज हुँदै



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बुधबारसम्म डिस्चार्ज हुने भएका छन्।

मिर्गौला प्रत्यारोपणपछि अस्पतालमा आराम गरिरहेका प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार आएकाले बुधबारसम्म डिस्चार्ज गर्न सकिने चिकित्सकले बताएका हुन् ।

प्रधानमन्त्रीको उपचारमा संलग्न एक चिकित्सकका अनुसार प्रधानमन्त्री हिँड्डुल गर्न सक्ने र आफैंले खानेकुरा खान सक्ने भएकाले अब डिस्चार्जको तयारी भइरहेको छ । प्रधानमन्त्रीलाई अस्पतालबाट डिस्चार्ज नभएसम्म कसैलाई पनि भेट्न नदिने चिकित्सकहरूले बताएका छन्।

प्रधानमन्त्री ओलीले पनि चिकित्सकले भने अनुसार नै डिस्चार्ज हुने बताएका छन्। प्रधानमन्त्रीलाई मिर्गौला दान गर्ने समिक्षा संग्रौलालाई पनि सँगै डिस्चार्ज गर्ने तयारी भइरहेको छ । मिर्गौला प्रत्यारोपणका लागि फागुन १९ मा प्रधानमन्त्री ओली अस्पताल भर्ना भएका हुन् ।