१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

चैत्र ७ गतेभित्र सरकारले भाडा समायोजन नगरे आफै गर्ने यातायात व्यवसायीको चेतावनी

चैत्र ७ गतेभित्र सरकारले भाडा समायोजन नगरे आफै गर्ने यातायात व्यवसायीको चेतावनी
अ अ+ अ-

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारले चैत्र ७ भित्र भाडा समायोजन नगरे आफै समायोजन गर्ने चेतावनी दिएको छ । महासंघले इन्धनमा भएको अत्याधिक मुल्य वृद्धिको बाबजुद पनि भाडा समायोजनमा वेवास्ता गरेको भन्दै यस्तो चेतावनी दिएको हो । 

रिपोर्टर्स क्लब नेपालमा आज (आइतबार) पत्रकार सम्मेलन गर्दै महासंघले भाडा बृद्धि गर्न पर्ने बाध्यता रहेको बताएको छ । 

पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले पछिल्लो समय इन्धनमा भएको मुल्यवृद्धिको विरोध गर्दै आगामी चैत्र ७ गतेसम्म भाडा समायोजन नभएमा वाध्य भई वैज्ञानिक भाडा कार्यविधिलाई आधार मानी भाडा समायोजन गर्ने सरकारलाई चेतावनी दिए । 

उनले विभिन्न समयमा सरकारसँग वैज्ञानिक भाडादर सम्बन्धि छलफल गरेको बताए । देशभरबाट विरोध हुँदा पनि आफुहरुले राज्यलाई सहयोग गर्न वैज्ञानिक भाडादरमा सहमति जनाएको उनको भनाई थियो । अध्यक्ष कर्माचार्यले भने,‘२०७८ साल असारमा भाडा बढाए लगत्तै ३ दिनपछि फेरी पट्रोलियम पदार्थको मुल्य बढ्यो । त्यसयता ७ पटक बढ्यो तर भाडा समायोजन भएको छैन् ।’ उनले भने,‘सरकारलाई सवारी साधनको भाडा नबढाऔ तर मुल्य बृद्धि फिता गरौ भनेर हामीले पटक–पटक आग्रह गर्दै आएका छौ ।’ 

उनले आफूहरुले सकेसम्म भाडा समायोजन गर्ने काम प्रत्येक वर्ष गर्न पर्नेमा जोड दिँदै आएको सुनाए । सार्वजनिक सवारी साधन निमुखाले प्रयोग गर्ने साधन भएको उल्लेख गर्दै उनले सरकारले त्यसतर्फ ध्यान दिनपर्ने बताए । यातायात व्यवसायीहरु अहिले किस्तासम्म तिर्न नसक्ने अवस्थामा पुगेका उनले दाबी गरे ।   

नेपाल ट्रक महासंघका अध्यक्ष राजेन्द्र श्रेष्ठले  यातायात व्यवसायीहरु  वाध्यता परेर आज पत्रकार सम्मेलन गर्न परेको सुनाए । श्रेष्ठले सरकार र सम्बन्धित निकायले भाडा समयोजनमा ध्यान. नदिएमा आफै भाडा समायोजन गर्ने जानकारी सरकारलाई दिएको पनि बताए । आगामी चैत्र ६ गते सम्म भाडा समायोजन नगरेमा व्यवसायीहरुले गाडी घरमा थन्काउने पनि अध्यक्ष श्रेष्ठले चेतावनी दिए । उनले यातायात व्यवसायी राष्ट्रिय महासंघले चैत्र ७ गतेभित्र भाडा समायोजन नभएमा चैत्र ८ गतेदेखि वैज्ञानिक भाडा कार्यविधिलाई आधार मानी भाडा समायोजन गर्ने मुद्दामा ट्रक महासंघको पनि पुर्णरुपमा एक्यवद्धता भएको स्पष्ट पारे । उनले भने,‘यो सबै व्यसायीहरुको साझा मुद्दा हो, यसमा सबैले सहयोग गर्नुहोस् ।’

भारतीय गाडीहरुको नेपालमा हालिमुहालि रहेको उल्लेख गर्दै उनले भने, ‘भारतीय गाडीहरुले नेपालबाट तेल समेत भारतमा लैजाने गर्छन्,‘यताबाट तेल लैजादाँ नेपाललाई करोडौ घाटा लागेको छ । त्यसतर्फ सम्बन्धित निकायले चासो दिएको छैन् ।’ यो काम तुरुन्त रोक्न सरकारलाई आग्रह उनले गरे । 

त्यस्तै, कार्यक्रममा बोल्दै नेपाल यातायात मजदुर संघका बाग्मती प्रदेश प्रमुख जगन्नाथ गौतमले राज्यले एकतर्फी रुपमा वृद्धि गरेको पेट्रोलियम पदार्थको मुल्यलाई मध्यनजर गर्दै वैज्ञानिक भाडादर आफै समायोजन गने महासंघको काम प्रशसनीय भएको बताए । अन्य सवारी साधनको भाडा बढेपनि ट्याक्सीको भाडा आजसम्म नबढेको भन्दै उनले गुनासो गरे । उनले भने,‘अब भाडा समायोजन गर्दा वैज्ञानिक हो की होइन् त्यसमा ध्यान दिन सम्बन्धित निकायलाई आग्रह गर्दछु ।’ यातायात व्यवसायीले लगाएको अल्टिमेटम ट्याक्सीमा पनि लागु गर्न पर्ने उनको भनाई थियो । 
उनले यातायात महासंघले चैत्र ७ गतेभित्र भाडा समायोजन नभएमा चैत्र ८ गतेदेखि वैज्ञानिक भाडा कार्यविधिलाई आधार मानी भाडा समायोजन गर्ने मुद्दामा यायायात मजदुर संघको समर्थन रहेको स्पष्ट पारे । 

यसैगरी, नेपाल यातायात स्वतन्त्र यातायात मजदुर संगठनका वरिष्ठ उपाध्यक्ष नवराज घिमिरेले सेवा दिने क्षेत्रका व्यवसायीहरु आज वाध्य भएर पत्रकार सम्मेलन गर्न परेको बताए । 

उनले यातायात महासंघले चैत्र ७ गतेभित्र भाडा समायोजन नभएमा चैत्र ८ गतेदेखि वैज्ञानिक भाडा कार्यविधिलाई आधार मानी भाडा समायोजन गर्ने मुद्दामा स्वतन्त्र यातायात मजदुर संगठनको पनि एक्यवद्धता रहेको बताए ।  उनले भने, ‘सरकारले प्रतिलिटर ५८ रुपैयाँ व्यवसायीहरुसँग कर लिन्छ तर त्यसको ख्याल छैन्, त्यसमा लगाएको कर छुट दिएमा पनि व्यवसायीहरुलाई अलि सहज हुने थियो ।’
पेट्रोलियम पदार्थको मुल्य बृद्धि प्रति सरकारले चासो नदिएको भन्दै उनले भने,‘ प्रतिलिटर ५८ रुपैयाँ लगाएको करमा छु्ट दिने वा मिनाह गर्ने हो त्यसतर्फ सरकारले ध्यान दिनु पर्छ ।’ ट्राफिक प्रहरीको कारण एउटा गाडीले १५ सय दैनिक तिर्न पर्ने अवस्था रहेकोमा उनले आपत्ति जनाए । 

कार्यक्रमको सञ्चालन गर्दै महासचिव सरोज सिटौलाले प्रेश विज्ञप्ती वाचन गरेका थिए । सिटौलाले आगामी चैत्र महिनाभित्र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको महाधिवेशन हुने पनि जानकारी दिए । गत असारमा भाडा समायोजन पश्चात इन्धनको मुल्यमा पटक–पटक गरी अत्याधिक मुल्य बृद्धि भएको कारण सार्वजनिक सवारीका साधनहरु सञ्चालन गर्दा सञ्चालन लागत, बैंक ब्याज किस्ता समेत उठाउन नसक्ने अवस्थामा पुगेको उल्लेख गरे । 

महासंघले बाग्मती प्रदेशमा वैज्ञानिक भाडा समायोजन विधि लागु नगरेको, संघीय सरकारले समायोजन गरेको भन्दा कम प्रतिशत भाडा समायोजन गरी अव्यवहारिक निर्णय गरेकाले सोलाई समेत थप समायोजन गर्न, सार्वजनिक बसको लागत बृद्धि ९.०३ प्रतिशत, ट्रक (पहाड) लागत वृद्धि ११.८२ प्रतिशत लगायत भाडादर कायम गर्न सरकारसँग माग राखेका छन् ।  

त्यस्तै, ट्याक्सीको भाडा बाग्मती प्रदेश सरकारले हालसम्म पनि समायोजन नगरेको भन्दै गण्डकी प्रदेशमा लागु भएको फल्याग डाउन रु ८० र प्रति पल्स २ सय मिटरको रु १० भाडा दरलाई आधार मानि बाग्मती प्रदेशमा पनि भाडा समायोजन गर्न र सरकारले गत असार २७ गते समायोजन गरेको भाडादर पर्यटक सवारीको हकमा समायोजन नभएकोले वैज्ञानिक भाडा समायोजन गर्न महासंघको माग छ ।