५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरजग्गामा रहेको शिथिलता कायमै, राजश्व संकलनमा असर



अ+ अ-

काठमाडौँ । घरजग्गामा रहेको शिथिलता अझै पनि कायमै देखिएको छ । सरकारले हालै लामो समयदेखि रोकिएको जग्गाको वर्गीकरण खुलाएको थियो । भूमिसम्बन्धि कानूनलाई सुधार गर्दा पनि कारोबार बढ्न सकेको छैन ।

आर्थिक गतिविधिमा आएको मन्दी, उच्च बैंक ब्याजदर, तथा सम्भावित जोखिमप्रतिको शतर्कताले घरजग्गा कारोबारमा नकारात्मक प्रभाव देखिएको हो । कारोबार घट्दा त्यसको असर राजस्वमा परेको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार  गत कात्तिक महिनामा देशभरका मालपोत कार्यालयले दुई अर्ब ७४ करोड ५१ लाख राजश्व संकलन भएको छ । त्यसअघिको महीना असोजमा दुई अर्ब ७५ करोड ८५ लाख  राजश्व उठेको थियो । गत भदौमा तीन अर्ब १४ करोड सात लाख  राजश्व उठेको थियो भने गत साउनमा तीन अर्ब २८ करोड राजश्व उठेको थियो ।

विभागकाअनुसार गत कात्तिकमा सेवा करमार्फत २१ करोड ३४ लाख ४७ हजार ४ सय १३, रजिष्ट्रेसन दस्तुर एक अर्ब ५० करोड ६२ लाख ९६ हजार १४ र पुँजीगत लाभकरमार्फत ९९ करोड ७८ लाख ४४ हजार ३९२ संकलन गरेको थियो । घरजग्गा कारोबलाई चलायमान बनाउन हालै ल्याइएको नयाँ भू–उपयोग नियमावलीमा कित्ताकाट सम्बन्धि प्रष्ट व्यवस्था गरिएको छ । नयाँ नियमअनुसार अब आवासीय वा व्यावसायिक क्षेत्रमा वर्गीकरण गरिएको जग्गालाई न्युनतम १३० वर्ग मिटर (करिब ४ आना) भन्दा कम क्षेत्रफल हुनेगरी कित्ताकाट गर्न नपाइने उल्लेख छ । ‘आवासीय वा व्यावसायिक क्षेत्रमा वर्गीकरण गरिएको जग्गालाई न्यूनतम एकसय तीस वर्ग मिटरभन्दा कम क्षेत्रफल हुनेगरी कित्ताकाट गर्न पाइने छैन,’ संशोधित नियमावलीमा उल्लेख छ ।

भूमिको अव्यवस्थित खण्डीकरण रोक्नका लागि कित्ताकाटमा नयाँ नियम ल्याएको दाबी गरिएको छ । कित्ताकाटका लागि अपवादको व्यवस्था पनि गरिएको छ । जसअनुसार संशोधित नियमावलीमा व्यवस्था गरिएको छ, ‘एउटै वडामा एउटै भूउपयोग क्षेत्र वा एकै प्रकृतिका दुई वा सोभन्दा बढी कित्ताहरूबाट कित्ताकाट गरी एकै जग्गाधनीको नाममा कायम हुने जम्मा क्षेत्रफल र कित्ताकाट भई दाताको नाउँमा बाँकी रहने जग्गाको क्षेत्रफल यस नियमावली बमोजिमको न्यूनतम क्षेत्रफलमा नघट्ने गरी कित्ताकाट गर्न सकिनेछ ।’

भूमि बैंकको स्थापना सम्बन्धि पनि व्यवस्था गरिएको छ । नियमावलीको परिच्छेद ४ ‘क’ थप गरी ‘भूमि बैंक’ सम्बन्धी विस्तृत व्यवस्था गरिएको छ । सरकारले सम्बन्धित स्थानीय तहको मागअनुसार त्यस्तो स्थानीय तहमा भूमि बैंकको स्थापना गर्न सकिने व्यवस्था गरिएको छ ।

‘नेपाल सरकारले सम्बन्धित स्थानीय तहको माग बमोजिम त्यस्तो स्थानीय तहमा भूमि बैंकको स्थापना गर्न सक्नेछ,’ संशोधित नियमावलीमा उल्लेख गरिएको छ । स्थानीय तहले भूमि बैङ्कले सम्पादन गर्नुपर्ने सम्पूर्ण काम सम्बन्धित नगरपालिकाको प्रमुख वा गाउँपालिकाको अध्यक्ष वा निजले तोकेको कार्यपालिकाको सदस्य संयोजक रहने व्यवस्था गरिएको छ ।

साथै, सम्बन्धित स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत भूमि बैंकको सदस्य रहने र सम्बन्धित स्थानीय तहको भूमि सम्बन्धी विषय हेर्ने शाखा प्रमुख सदस्यसचिव रहने व्यवस्था गरेको छ । भूमि बैंकमार्फत जग्गा उपयोग गर्न चाहने जग्गाधनीले कम्तीमा ३५ दिनको अवधि तोकी सार्वजनिक सूचना प्रकाशन भएपछि निवेदन दिनुपर्न उल्लेख छ ।