२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेक्सिकोकी फातिमा बोशले जितिन् मिस युनिभर्स २०२५ को उपाधि



TOPSHOT – Miss Mexico Fatima Bosch celebrates winning the 2025 Miss Universe pageant in Nonthaburi, north of Bangkok, on November 21, 2025. (Photo by Lillian SUWANRUMPHA / AFP)
अ+ अ-

एजेन्सी । मेक्सिकोकी २५ वर्षीया फातिमा बोश फर्नाडेंजले मिस युनिभर्स२०२५ को उपाधि जितेकी छिन् । बोशलाई गत वर्षकी मिस युनिर्भस डेनमार्ककी विक्टोरिया कजेरले ताज पहिराइदिएकी हुन् ।

प्रतियोगीताको स्याश सेरोमनीका क्रममा फातिमा बोशले मिस युनिभर्स थाइल्यान्डका निर्देशक नवात इटसाराग्रिसिलले ‘डम्बहेड’ भनेपछि सार्वजनिक रूपमा आपत्ति जनाएकी थिइन् । विवादपछि सबै प्रतियोगीहरूले उनको समर्थनमा सेरोमनी छोडेर बाहिर निस्किएका थिए । पछि प्रतिस्पर्धामा चलखेल भएको भन्दै दुई जजले राजीनामा समेत दिएका थिए ।

Miss Mexico Fatima Bosch (C) is surrounded by contestants as she celebrates winning the 2025 Miss Universe pageant in Nonthaburi, north of Bangkok, on November 21, 2025. (Photo by Lillian SUWANRUMPHA / AFP)

बोशले मिस युनिभर्स २०२५ को ताज जित्नुलाई प्रतिकात्मक विजयका रूपमा हेरिएको छ ।

प्रतियोगितामा थाइल्यान्डकी प्रवनीर सिंह पहिलो फर्ष्ट रनर अप रहिन् । यस्तै, भेनेजुएलाकी स्टेफनी अब्साली तेस्रो स्थानमा रहँदा फिलिपिन्सकी अतिसा मनालो चौथो र कोट डी’आइवरकी ओलिभिया यासे पाँचौँ स्थानमामा रहिन् ।

शीर्ष ५ राउन्डमा फातिमा बोशलाई २०२५ मा महिलाहरूले सामना गर्ने सबैभन्दा ठुला चुनौतीहरू के हुन् र उनले मिस युनिभर्सको रूपमा महिलाहरूको लागि सुरक्षित ठाउँ कसरी सिर्जना गर्नेछिन् भनेर सोधिएको थियो । जवाफमा फातिमाले ‘म आफ्नो आवाजको प्रयोग अरूका लागि गर्नेछु । हामी महिला साहसी छौँ र इतिहास रच्ने क्षमता पनि हामीसँग छ’ भनेकी थिइन् ।

Miss Mexico Fatima Bosch (R), Miss Thailand Praveenar Singh (C) and Miss Venezuela Stephany Adriana Abasali Nasser (L) wait before the top two places are announced at the 2025 Miss Universe pageant in Nonthaburi, north of Bangkok, on November 21, 2025. (Photo by Lillian SUWANRUMPHA / AFP)
TOPSHOT – Miss Mexico Fatima Bosch celebrates winning the 2025 Miss Universe pageant in Nonthaburi, north of Bangkok, on November 21, 2025. (Photo by Lillian SUWANRUMPHA / AFP)