१२ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रमुख रोजगार गन्तव्य कतार जान रोक, नेपाललाई ठूलो असर



अ+ अ-

काठमाडौँ । नेपालको प्रमुख रोजगार गन्तव्य मानिएको कतार प्रवेशमा नेपालीलाई रोक लगाएको छ । कतारले नेपालसहित १४ मुलुकका नागरिकलाई प्रवेशमा रोक लगाएको हो । कतार नेपालीको प्रमुख रोजगारगन्तव्य भएकोले पनि नेपाललाई यसले ठूलो धक्का दिने जानकारहरु बताउँछन् । तर उसले कोरोना भाइरसप्रति सतर्कता अपनाउँदै १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाइएको छ ।

सरकारले नेपाली नागरिकलाई प्रवेशमा रोक लगाएपछि नेपाली दूताबासले अत्यावश्यक बाहेक भेटघाट र भौतिक सम्पर्क नराख्न तथा इमेल वा टेलिफोनबाट सम्पर्क गर्न आग्रह गरेको छ । उता कतारमै रहेका नेपालीलाई पनि बडो सतर्कता अपनाउन भनिएको छ । एक ठाउँमा मात्र नभएर धेरै ठाउँमा काम गरिरहेका नेपालीलाई त्यहीँ पनि समस्या भएको बताइएको छ । निर्वाध रुपमा एक ठाउँबाट अर्काे ठाउँमा जान त्यहाँ समस्या भएको बताइएको छ ।

दूताबासबाट कुनै सेजाबारे जानकारी लिनु परे फोन वा इमेलबाट सम्पर्क गर्न भनेको छ । हालसम्म कतारमा १२ जनामा कोरोनाको लक्षण भेटिएको छ । उता युएइमा भने एकजना नेपालीमा कोरोना पोजेटिभ देखिएको समाचारमा जनाइएको छ ।