१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

जुद्ध बारुण यन्त्र कार्यालय सवलीकरण र भूमिगत फायर ड्राइराइजर कार्यको अनुगमन

जुद्ध बारुण यन्त्र कार्यालय सवलीकरण र भूमिगत फायर ड्राइराइजर कार्यको अनुगमन
अ अ+ अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको अनुगमन समितिले आज वडा नं. २३ ले गरिरहेको जुद्ध बारुण यन्त्र कार्यालयको सवलीकरण (रेक्टोफिटिङ् एण्ड मेन्टिनेन्स) र वडा नम्बर २६ मा जडान गरिएको अण्डरग्राउण्ड फायर ड्राइराइजर कार्यको अनुगमन गरेको छ ।

अनुगमनका क्रममा निर्माण प्रक्रिया, निर्माण सामग्री र शैलीलगायत प्राविधिक र गुणस्तरको पक्ष हेरिएको थियो। बारुण यन्त्र कार्यालयको शैली, तत्कालीन निर्माण सामग्री जस्ता पक्षमा जानकारी लिएपछि समितिका संयोजक एवं महानगरपालिका उपप्रमुख सुनिता डंगोलले, निर्माण कार्य गर्ने पक्षले मापदण्ड र प्रक्रिया पालना गर्ने हो भने अनुगमन कार्यबाट डराउनु नपर्ने बताउनुभयो ।

‘अनुगमनमा टोलीँ आउनुलााई कारवाही जस्तो मान्नु हुँदैन । यो सुधार गर्ने अवसर दिने संयन्त्र पनि हो ।’ उहाँले भन्नुभयो, ‘अनुगमनको त्रास त गलत नियत राख्नेहरुलाई मात्र हुन्छ । विधि, प्रक्रिया र मापदण्डको पूर्ण पालना गर्नेका लागि अनुगमन आफ्नो क्षमता देखाउने अवसर हो ।’

‘महानगरपालिका काठमाडौँको प्राचीनता खोजी रहेको छ । सहरको यो पक्ष प्राप्त गर्न सबैको साथ र सहयोग आवश्यक छ । अझ भौतिक संरचना निर्माण कार्य गर्नेले त झन सहयोग गर्न आवश्यक छ ।’

उहाँले भन्नुभयो, ‘हरेक विषयमा पक्ष र विपक्षका मत हुन्छन् । दुवै मत सुनेर दुवैलाई चित्त बुझ्ने निर्णयको प्रयासमा केही समय लाग्न सक्छ । यसबाहेक महानगरपालिकाले मौलिक निर्माण सामग्री, शैली र शिल्पको उपयोग गरेर आधुनिक सुविधा वितरणमा नियमित काम गरिरहेको छ ।’

त्यस क्रममा वडाध्यक्ष एवं विधायन समितिका संयोजक मचाराजा महर्जनले, वडाभित्रका सम्पदाहरुमा प्रयोग गरिएको आधुनिक निर्माण सामग्री तथा बस्तु हटाएर मौलिक सामग्रीले पुनःस्थापना गर्ने क्रममा रहेको बताउनुभयो । ‘यसै क्रममा हामीले वडाकै बजेटबाट राणाकालीन भवनलाई पूर्ववत् सवलीकरण गराएका हौँ ।’ महर्जनको भनाइ छ ।

राणा प्रधानमन्त्री जुद्ध शम्शेरको शासनकाल वि. सं. १९९४ सालतिर निर्माण भएको यो भवनमा अग्नि नियन्त्रण कार्यालयको स्थापना भएको हो । त्यसबेलाको आधुनिक अग्नि नियन्त्रण कार्यालय नै यही थियो ।

राणा वास्तुकलामा आधारित भवन चुना सुर्कीको प्रयोग गरेर बनाइएको हो । मोटो पर्खाल, ठुला झ्यालढोका भवनको संरचनागत विशेषता हो । यसको पुनःनिर्माण कार्यमा भवनको पुरानो शैली नबिगारी, नहटाइ, परम्परागत ईंटा, चुन–सुर्की, माटो र काठको प्रयोग गरिएको छ ।

अग्नि–नियन्त्रणका लागि साधन तथा उपकरण राख्न ठुलो कोठा बनाइएका छन् । आपतकालीन सेवाका लागि बस्ने ठाउँ हुनेछ । पुराना दमकल गाडी राख्ने छुट्टै कक्ष निर्माण भएका छन् ।

०७२ को महाभूकम्पले भवनको संरचना कमजोर भएको थियो । सार्वजनिक खरिद प्रक्रियाबाट ७२ लाख ९८ हजार रुपियाँ लागतमा ०८२ जेठ २९ गतेबाट सवलीकरण थालिएको हो । इन्द्रदह निर्माण सेवाले जिम्मा पाएको यो काम २०८३ जेठ १ गतेसम्ममा सम्पन्न हुनेछ ।

यससँंगै केन्द्रीय बजेटको करिब ३ करोड रुपियाँ लागतमा यससँगै अर्को भवन बनाउने काम प्रारम्भ हुने चरणमा पुगेको छ । आज नै लैनचौरमा भूमिगत फायर ड्राइराइजरको प्राविधिक तथा निर्माण कार्यको अनुगमन गरिएको छ ।

यस क्रममा डंगोलले भन्नुभयो, ‘प्रणाली प्रयोग सिद्ध हुनुपर्छ । काम परेको बेला आगलागी नियन्त्रण गर्न सकिने गरी पानीको प्रेसर पुग्ने हुनुपर्छ । यसको सार्वजनिक परीक्षण गर्नुहोला । स्थानीयबासीले यसको उपयोग थाहा पाउनुपर्छ । ड्राइराइजरका होज र आउटलेट कभरलाई हराउनबाट बचाउनुपर्छ ।’

दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीका घरहरुमा हुने आगलागीका समयमा आगो निभाउन प्रयोग गर्न सकिने गरी राखिएको सुख्खा पाइप लाइन ड्राइराइजर हो । यदि पाइपमा नियमित पानी बगिरहन्छ भने यसलाई वेटराइजर भनिन्छ ।

ड्राइराइजरको दुवैतर्फ दमकल पुग्ने ठाउँमा इनलेट भल्व राखिएको हुन्छ । यसपछिका ४५ मिटरदेखि ७५ मिटरसम्मको दुरीमा आउटलेट राखिएको हुन्छ । दमकलको पानी इनलेटमा राखेपछि आवश्यकताका आधारमा पाइपलाइनका बिचमा जुनसुकै आउटलेट खोले पनि पानी प्राप्त हुन्छ । यसमा डेलिभरी होर्ज जोडेर आगो नियन्त्रण गरिन्छ ।

दमकलबाट ८ बारको प्रेसरमा पानी पठाउँदा ७ तले अग्लो भवनमा आगो निभाउन सकिने प्रेसरमा पानी पुग्न सक्छ । महानगरपालिकाको केन्द्र (विपद व्यवस्थापन विभाग)बाट कार्यान्वयनमा आएको यो योजना १ करोड १७ लाख २ हजार ४५० रुपियाँ लागतमा १४ ठाउँमा ड्राइराइजर राखिएको छ ।

यस कार्यबाट विभिन्न ठाउँमा गरी २ हजार ८९६ मिटर लामो ड्राइराइजर स्थापना हुनेछ । यसमा अधिकतम ५६० मिटर र न्यूनतम २५ मिटरसम्मको लम्बाइ रहेको छ ।