२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाले लियो क्यानडामा पनि पहिलो व्यक्तिको ज्यान



अ+ अ-

काठमाण्डौ । क्यानडामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट एक जनाको ज्यान गएको छ । क्यानडाको प्रान्त बिट्रिश कोलम्बियाले कोरोना सङ्क्रमणबाट देशमा पहिलो व्यक्तिको ज्यान गएको जनाएको छ । प्रान्तका अनुसार थप पाँच जना नयाँ सङ्क्रमित थपिएका छन् । प्रान्तका स्वास्थ्य अधिकारी डा. बोनी हेनरीले ज्यान गुमाउने व्यक्ति भ्यानकुभर केयर होममा रहेका दुई जना सङ्क्रमितमध्ये एक हुन्, उनमा गएको हप्ता कोरोनाको सङ्क्रमण देखिएको बताए ।

हेनरीका अनुसार ८० वर्षीय पुरुषको ज्यान गएको हो । थप नयाँ व्यक्तिमा कोरोनाको सङ्क्रमण देखिएपछि सङ्क्रमितको सङ्ख्या ७७ पुगेको छ । सङ्क्रमतिमध्ये आठ जना उपचारपछि घर फर्किएका छन् । भ्यानकुभर केयर होममा कार्यरत एक जना महिलामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि स्वास्थ्य अधिकारीहरुले त्यस क्षेत्रमा निगरानी गरिरहेको स्वास्थ्य अधिकारी हेनरीले बताएका छन् ।

यसैगरी अहिलेसम्म चीनबाहिर ३३ हजारभन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ । सङ्गठनका अनुसार चीनबाहिर भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या आठ सय नाघेको छ ।