१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंसिरभित्रै राष्ट्रिय सभाको अधिवेशन आह्वान हुन्छः अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले मंसिर महिनाभित्र राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्ने बताउनुभएको छ ।

बिहीवार निर्माणाधिन संसद भवनको निरिक्षणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले मंसिर महिनाभित्र राष्ट्रिय सभाको अधिवेशन बोलाउने गरी तयारी भइरहेको बताउनुभएको हो ।

उहाँले आगामी अधिवेशन नयाँ संसद भवनबाट सञ्चालन गर्न नसकिने स्पष्ट भएको पनि बताउनु भयो । नयाँ संसद भवनको काम रफ्तारमा अघि बढे पनि अझै सम्पन्न नभएको बताउनु भयो । यसका लागि सबैले ताकेता गर्न जरुरी रहेको बताउनु भयो । आगामी प्रतिनिधि सभाको बैठकका लागि झनै समस्या हुने उल्लेख गर्नुहुँदै अध्यक्ष दाहालले राष्ट्रिय सभाको अबको अधिवेशन कृषि समितिको हलबाट सञ्चालन गर्नेगरी तयारी थालेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो ठाउँबाट त अहिलेको अधिवेशन सम्भव छैन । यो मंसिरभरमा राष्ट्रिय सभाको बैठक बोलाउनुपर्छ भन्ने लागेको हो । त्यो भएकाले कृषि समितिको हलमा काम शुरु गर्नेगरी तयारी थालेका छौँ । प्रतिनिधि सभालाई झनै बढी खाँचो परिसक्यो । जतिसक्दो छिटो बनाउनुपर्छ भन्ने ताकेता हो । केही प्रगति भएको अनुभुति भएको छ । अझ रफ्तारमा लैजानुपर्छ । वैशाखसम्म प्रतिनिधि सभा सञ्चालनको लागि रफ्तार बढाउनुपर्छ ।’

अध्यक्ष दाहालले सबैले ताकेता गरेपछि छिटो सम्पन्न हुने बताउनु भयो ।