२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्यमा फेरी नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ?



अ+ अ-

काठमाडौ । नेपाली बजारमा सुनले एकपछि अर्को किर्तीमान बनाएको छ । मंगलबार तोलामा दुई सय रुपैयाँले बढेर सुनले नयाँ कीर्तिमान बनाएको हो ।

नेपाल सुनचाँँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावल सुनको प्रतितोला ८२ हजार सात सय र तेजावी सुन ८२ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने अघिल्लो कारोवार दिनको तुलनामा प्रतितोला १० रुपैयाँले घटेर ८ सय ८० रुपैयाँ कायम छ । फागुन २३ गते तोलामा एकै पटक १८ सयले बढेको सुनको मूल्य केही दिन स्थीर जस्तो देखिएको थियो ।

अघिल्ला वर्षहरु फागुन महिनामा दैनिक ४० किलोसम्म बिक्री हुने सुन यस पटक मुस्कीलले १० देखि १५ किलो हाराहारी मात्रै बिक्री हुने गरेको व्यवसायीहरुले बताएका छन् ।