२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऐतिहासिक किराँत महोत्सवबाट २० लाख बढी रूपैया संकलन



अ+ अ-

भद्रपुर । भद्रपुर स्थित किराँत कल्याण समितिले लगाएको ऐतिहासिक किराँत महोत्सवबाट २० लाख ६८ हजार २ सय रूपैया संकलन भएको छ ।
समितिले पत्रकार भेटघाट गरी १९ लाख २४ हजार ४१० खर्च तथा २० लाख ६८ हजार २ सय रूपैया आम्दानी भएको विवरण सार्वजनिक गरेको हो । माघ २५ गतेदेखि फागुन २४ गतेसम्म भद्रपुर ८ स्थित किराात कोलनीमा महोत्सव सञ्चालन भएको थियो ।

समितिकी कोषाध्यक्ष मञ्जु सुब्बाका अनुसार २९ दिनसम्म चलेको महोत्सवमा हाउजी खेलबाट १९ लाख तथा मेला भित्रका रमाइलो खेलहरूबाट एक लाख ६८ हजार दुई सय आम्दानी भएको थियो । जसमा मनोरञ्जनात्मक कार्यक्रमका लागि राष्ट्रिय तथा स्थानीय कलाकारलाई पारिश्रमिक वापत १६ लाख ८८ हजार ६० रूपैया खर्च भयो भने पण्डाल, स्टेज, चियापान र कलाकार होटल खर्च गरी एक लाख १६ हजार ३५० खर्च भएको थियो । महोत्सवबाट खर्चकटाएर १ लाख ४३ हजार ७९० रूपैया बचत भएको छ ।

बचत रकम निर्माणाधीन किराँत भवन निर्माणमा खर्च गरिने किराँत कलयाण समितिका पूर्व अध्यक्ष तथा भद्रपुर ८ का वडाध्यक्ष गौरव सुब्बा मनोजले जानकारी दिए । उनका अनुसार लक्ष्यभन्दा कम रकम उठेको यस महोत्सवलाई कोरोना भाइरसको त्रासले नकारात्मक प्रभाव परेपछि प्रशासनको अनुरोधमा रोकिएको हो ।