२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कतारको लागि श्रम स्वीकृति नदिने, ३ हजार कामदार रोकिए



अ+ अ-

काठमाडौं । कतार सरकारले नेपालीसहित १४ मुलुका नागरिकहरुलाई अस्थायी प्रतिवन्ध लगाएपछि नेपाल सरकारले कतारको लागि श्रम स्वीकृति बन्द गरेको छ । कतार सरकारको निर्णय अनुसार कामदारलाई श्रम स्वीकृति दिन बन्द गरिएको हो ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालका अनुसार फागुन १६ देखि फागुन २६ गतेसम्म विभागबाट कतार जानका लागि ३ हजार ६ सय ५ जनाले अन्तिम श्रम स्वीकृति लिएका थिए । श्रम स्वीकृति लिएका मध्ये करिब ३ हजार नेपाली कामदार कतार जान रोकिएको अनुमान छ ।

गत ५८ दिनमा विभागले १ लाख १७ हजार ६३३ जनालाई विदशे जान अनुमति दिएको थियो ।