२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसी जस्ताको त्यस्तै पारित हुँदैन : थापा



अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य मणि थापाले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली डिस्चार्ज भएपछि सरकार र पार्टीका गतिविधि द्रुत गतिमा सुचारु हुने स्पष्ट पारेका छन् । उनले भने,‘प्रधानमन्त्री अहिले अस्पतालमा हुनुहुन्छ, र अर्को कुरा विश्वव्यापी रुपमा कोरोनाको प्रभाव बढिरहेको छ, त्यही भएर अहिले सरकार र नेकपाको गतिविधि कमी भएका छन् । अझैपनि धेरै कामहरु गर्नुपर्ने छन् । पार्टी एकताका कतिपय कामहरु पूरा गर्न बाँकी छन् ।’

नेता थापाले आफ्नो पार्टीले अहिलेपनि संक्रमणकालिन अवस्था भोगिरहेको सुनाउँदै प्रधानमन्त्री ओली अस्पतालबाट निवासमा फर्किएपछि एकताको काम र सरकारको कामपनि प्रभावकारी ढंगले अघि बढ्ने विश्वास दिलाए । उनले भने,‘अहिले पार्टी र सरकारमा देखिएको गत्यावरोध नियतवश होईन् ।’ उनले राष्ट्रिय सभा सदस्यमा उपाध्यक्ष वामदेव गौतमको नाम सिफारिश गर्ने पार्टीको निर्णय भएपनि के गर्ने ? भन्ने विषय मन्त्रिपरिषद र राष्ट्रपतिको हातमा निर्भर रहेको सुनाए । उनले भने,‘यो विषय क्याबिनेटर राष्ट्रपतिको विषय हो । त्यही भएर यसको बल राष्ट्रपति र मन्त्रिपरिषदको कोर्टमा छ ।’

राष्ट्रिय सभा सदस्यमा वामदेव गौतम कि वर्तमान अर्थमन्त्री को मनोनित हुन्छ ? भन्ने प्रश्नमा उनले भने,‘व्यक्तिको कुरामा जानुभन्दापनि पार्टीले यो विषयमा निर्णय गरिसकेको छ । त्यो निर्णय स्विकार गर्नुपर्छ । तर, बल चाहीँ क्याविनेट र राष्ट्रपतिको कोर्टमा छ ।’

थापाले एमसीसी जस्ताको त्यस्तै पारित नहुने जिकिर गरे । उनले भने,‘हाम्रो पार्टीले गठन गरेको कार्यदलको रिपोर्टपनि आएको छ । त्यो प्रतिवेदनमा पनि जस्ताको त्यस्तै पारित गर्न सकिँदैन भन्ने कुरा उल्लेख गरेको भनेर कार्यदलका सदस्यहरुले भनिसक्नुभएको छ । त्यसैले एज ईट ईज पास हुँदैन् । परिमार्जनसहित एमसीसी पारित हुन्छ ।’
उनले पार्टीभित्र प्रचण्डको भूमिका कहीँ कतैपनि कमजोर नभएको पनि स्पष्ट पारे । उनले भने,‘उहाँले यसअघि पनि सचिवालय, स्थायी कमिटीका बैठकहरु ह्याण्डलिङ गर्नुभएको हो । अब प्रधानमन्त्री डिस्चार्ज भएपछि महत्वपूर्ण बैठकहरु बस्छन्, ती बैठकको नेतृत्व प्रचण्डले गर्नुहुन्छ । उहाँको कार्यकारी भूमिका यथावत छ ।’

सरकारको प्रभावकारिता बढाउनुपर्नेबारे नेकपाको गत माघमा सम्पन्न केन्द्रीय कमिटी बैठकले समेत सुझाव दिएको सुनाउँदै त्यसप्रति सरकारपनि गम्भिर हुनुपर्ने उनको भनाई छ । तर, त्यसबारेमा पनि आगामी स्थायी कमिटीको बैठकमा समिक्षा हुने उनले जनाए । उनले पार्टीको एकता महाधिवेशन सम्पन्न नहुञ्जेलसम्म संक्रमणकै अवस्था रहने पनि स्पष्ट पारे ।

उनले भने,‘महाधिवेशनपछि लिडरसिप, विचार, नीति तथा कार्यक्रमहरु सबै हल हुन्छ । अहिले संक्रमणको अवस्था भएकोले नेतृत्व र नीतिमा विवाद छ ।’ उनले पार्टी र सरकारले राम्रोसँग काम गर्न नसक्नु नीति र नेतृत्वको विवाद नै मुख्य कारण भएको पनि औंल्याए ।

त्यस्तै, उनले कोरोनाको कारण विश्वभरि आतंक सिर्जना भएको सुनाउँदै अहिलेसम्म नेपाल सरकारले कोरोना नेपाल भित्रिन नदिनको लागि गरेको पर्फर्मेन्स राम्रै लागेको पनि टिप्पणी गरे । उनले भने,‘सरकारले गराएको सचेतनालाई हामी सबैले गम्भिर रुपमा लिनुपर्छ ।’