काठमाडौं । परीक्षामा कम नम्बर ल्याएका विद्यार्थीलाई हात चिर्न लगाउने शिक्षिकालाई सात दिन हिरासतमा राख्न अनुमति दिएको छ। मंगलबार काठमाडौं जिल्ला अदालतले शिक्षिका सीतालक्ष्मी कर्माचार्य सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
मंगलबार न्यायाधीश प्रकाश ढुंगानाको इजलासले शिक्षिका कर्माचार्यमाथि हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । शिक्षिका कर्माचार्यले बिहीबार कक्षाकोठामै परीक्षामा कम नम्बर ल्याउने ३४ जना विद्यार्थीलाई ब्लेडले हात चिर्न लगाएकी थिइन्।
प्रहरीले कर्माचार्यलाई शनिबार दिउँसो कर्माचार्यलाई नियन्त्रणमा लिएको थियो।
उनले विद्यार्थीको हात चिर्न लगाएको समाचार आएपछि प्रहरीले अभद्र तथा अमानवीय यातना दिएको भन्ने आरोपमाथि अनुसन्धान गरिरहेको छ।