२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यार्थीको हात चिर्न लगाउने शिक्षिकालाई सात दिन हिरासतमा रहने



अ+ अ-

काठमाडौं । परीक्षामा कम नम्बर ल्याएका विद्यार्थीलाई हात चिर्न लगाउने शिक्षिकालाई सात दिन हिरासतमा राख्न अनुमति दिएको छ। मंगलबार काठमाडौं जिल्ला अदालतले शिक्षिका सीतालक्ष्मी कर्माचार्य सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

मंगलबार न्यायाधीश प्रकाश ढुंगानाको इजलासले शिक्षिका कर्माचार्यमाथि हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । शिक्षिका कर्माचार्यले बिहीबार कक्षाकोठामै परीक्षामा कम नम्बर ल्याउने ३४ जना विद्यार्थीलाई ब्लेडले हात चिर्न लगाएकी थिइन्।

प्रहरीले कर्माचार्यलाई शनिबार दिउँसो कर्माचार्यलाई नियन्त्रणमा लिएको थियो।

उनले विद्यार्थीको हात चिर्न लगाएको समाचार आएपछि प्रहरीले अभद्र तथा अमानवीय यातना दिएको भन्ने आरोपमाथि अनुसन्धान गरिरहेको छ।