१९ भाद्र २०८३, शुक्रबार
,
Latest
केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो… चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी रसुवा बाढीः मधेसका ३१ जना सम्पर्कमा, १६७ अझै बेपत्ता एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’ ‘पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाब सामान्य’
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पूर्वघोषित कार्यक्रम बिथोल्न गरिएको हर्कतले मुलुकको शान्ति सुरक्षामाथि गम्भीर चिन्ता उत्पन्न गर्यो’



फाइल फोटो
अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का नेता योगेश भट्टराईले आज सिमरामा भएको घटनाप्रति गम्भीर दुःख व्यक्त गर्दै मुलुकको शान्ति–सुरक्षाको अवस्थाप्रति प्रश्न उठाएका छन् ।

एमाले महासचिव शंकर पोखरेल सहभागी हुने पूर्वघोषित कार्यक्रमलाई लक्षित गर्दै गरिएको अवरोधपूर्ण गतिविधिले राजनीतिक सहिष्णुता र कानूनी अधिकारमाथि आघात पुगेको भट्टराईले टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिंदै उनले देशको कुनै पनि स्थानमा स्वतन्त्र रूपमा हिँडडुल गर्न पाउने तथा शान्तिपूर्ण राजनीतिक गतिविधि सञ्चालन गर्न पाउने संवैधानिक अधिकारको सम्मान हुनुपर्ने बताएका छन् ।

भट्टराईले यस्ता घटनाले आसन्न निर्वाचन प्रक्रियामा नकारात्मक प्रभाव पार्नसक्ने बताउँदै सबै राजनीतिक शक्तिहरू सचेत हुनुपर्ने उल्लेख गरेका छन् ।

उनले शान्ति–सुव्यवस्था कायम राख्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै भविष्यमा यस्ता घटना नदोहोरिन आवश्यक सुरक्षा पहल गर्न आग्रह गरेका छन् ।

उनले लेखेका छन्–

आज सिमरामा भएको घटनाप्रति दुःख व्यक्त गर्दछु । नेकपा एमाले महासचिव कमरेड शंकर पोखरेल सहभागि हुने पूर्व घोषित कार्यक्रम बिथोल्न गरिएको हर्कतले मुलुकको शान्ति सुरक्षामाथि गंभीर चिन्ता उत्पन्न गरेको छ । देशको एक ठाउबाट अर्को ठाउमा निर्विवाद हिडडुल गर्न पाउने तथा शान्तिपूर्ण राजनीतिक गतिविधि गर्न पाउने संविधान प्रदत्त अधिकारको सम्मान गर्न सबैमा अपिल गर्दछु ।

यस्ता गतिविधिले आसन्न निर्वाचनलाई थप अन्यौल र अनिश्चय तिर धकेल्ने कुरामा सचेत रहन र शान्ति सुव्यवस्था कायम राख्न सरकारको गंभीर ध्यानाकर्षण गर्दछु ।