६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

भ्रष्टाचार मुद्दा चलेपछि गच्छदारको सुरक्षामा खटिएका सशस्त्रको स्कर्टिङ गाडीसहित प्रहरी फिर्ता

भ्रष्टाचार मुद्दा चलेपछि गच्छदारको सुरक्षामा खटिएका सशस्त्रको स्कर्टिङ गाडीसहित प्रहरी फिर्ता
अ+ अ-

सशस्त्र प्रहरीले पूर्वगृहमन्त्रीको हैसियतमा कांग्रेस उपसभापति विजयकुमार गच्छदारको सुरक्षामा खटिएको आफ्नो ‘फोर्स’ फिर्ता लगेको छ । बालुवाटारस्थित ललितानिवासको जग्गा अनियमिततामा भ्रष्टाचार मुद्दा चलेपछि सशस्त्रको स्कर्टिङ गाडीसहित प्रहरी फिर्ता भएका हुन् । सशस्त्र प्रहरी बलका प्रवक्ता प्रवीणकुमार श्रेष्ठले हाल गच्छदारको सुरक्षामा सुरक्षाकर्मी नखटिएको पुष्टि गरे । भ्रष्टाचार मुद्दा दायर भएकाले नै उनको सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता गरिएको गृह मन्त्रालय स्रोतले बतायो । पिएसओका रूपमा नेपाल प्रहरीबाट केही प्रहरी भने अझै उनीसँग छन् ।

फाइल फोटो

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारको संलग्नता दाबी गर्दै २२ माघमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अदालतले १५ दिनभित्र उपस्थित हुन उनलाई म्याद जारी गरिसकेको छ । तर, उनी अदालतमा उपस्थित भएका छैनन् । ०६६ मा गच्छदार भौतिक योजनामन्त्री थिए । उनले नै प्रधानमन्त्रीनिवास विस्तारसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लगेका थिए । सोही प्रस्तावका आधारमा ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा पुगेको थियो ।

पूर्वगृहमन्त्रीहरूले छाडेनन् सुरक्षाकर्मी र गाडी:अन्य पूर्वगृहमन्त्रीहरूले समेत कार्यविधिविपरीत ठूलो संख्यामा सुरक्षाकर्मी र गाडीको दुरुपयोग गर्दै आएका छन् । विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधिमा गृहमन्त्रीबाट हटेको दुई वर्षसम्म मात्र यस्तो सुविधा पाउने उल्लेख छ । गृहले नै नेतृत्व नलिएसम्म पूर्वगृहमन्त्रीहरूको सुरक्षामा खटिएका प्रहरी र गाडी फिर्ता गर्न सकिने अवस्था नरहेको प्रहरी अधिकारीहरू बताउँछन् । गृहले यससम्बन्धी छुट्टै कार्यविधि बनाएर मन्त्रिपरिषद्मा पेस गरे पनि स्वीकृत भने हुन सकेको छैन । पूर्वगृहमन्त्रीहरू विमलेन्द्र निधि, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, भीम रावल, कृष्णप्रसाद सिटौला, रामचन्द्र पौडेल, कमल थापा, प्रकाशमान सिंहलगायतले १० भन्दा बढी प्रहरी घरमा राखेका छन् ।

पूर्वमहानिरीक्षकको घरमा सातजनासम्म प्रहरी:सशस्त्र प्रहरी बलबाट नेता मात्र होइन, अवकाशप्राप्त प्रहरी अधिकारीको घरमा समेत नियमविपरीत सुरक्षाकर्मी खटाइएको छ । पूर्वमहानिरीक्षकहरूको घरमा सातजनासम्म प्रहरी खटिएका छन् । नियमअनुसार पूर्वआइजिपीले तीन, एआइजीले दुई तथा डिआइजीले एकजना सहयोगी पाउँछन् । तर, पूर्वमहानिरीक्षकहरू वासुदेव ओली, सनतकुमार बस्नेत, शैलेन्द्र श्रेष्ठ, कोषराज वन्त, दुर्जकुमार राई, किशोर लामाको घरमा नियमविपरीत तीनभन्दा धेरै प्रहरी कार्यरत छन् । अवकाशप्राप्तमध्ये सिंहबहादुर श्रेष्ठले नियमअनुसार नै तीनजना मात्र लिएका छन् ।

केही पूर्वएआइजीको घरमा नियमविपरीत खटिएका सुरक्षाकर्मी भने फिर्ता गरिएको छ । तर, आइजिपीको घरबाट फिर्ता गरिएको छैन । सुरक्षाका नाममा सुरक्षाकर्मी खटाइए पनि उनीहरूलाई घरेलु काममा खटाइने गरिएको छ । नेपाल प्रहरी र सेनामा यस्तो विकृति छ । कार्यविधिविपरीत खटाइएका सुरक्षाकर्मी फिर्ता ल्याउन सुरक्षा निकायलाई निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बताए । मन्त्रालयले तीन सय ४७ प्रहरी फिर्ता गरिसकेको उनको भनाइ छ । नयाँ पत्रिका दैनिक