२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गरायो



फाइल फोटो
अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा पुनःस्थापनाको मागलाई निरन्तरता दिइरहेको नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आगामी प्रतिनिधिसभा निर्वाचन लक्षित गर्दै निर्वाचन आयोगमा दल दर्ता गरेको छ।

पार्टीले संविधानसम्मत नियमित प्रक्रियाअन्तर्गत दल दर्ता गरिए पनि प्रतिनिधिसभा पुनःस्थापनाको माग अपरिवर्तित रहेको स्पष्ट गरेको छ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार पार्टीले संसद् पुनःस्थापनालाई प्राथमिक मागको रूपमा अघि सारे पनि निर्वाचन प्रक्रियामा सहभागी हुनका लागि दल दर्ता आवश्यक भएकाले दर्ता गरिएको हो।

“संसद् पुनःस्थापनाको हाम्रो माग कायम राख्दै निर्वाचन आयोगमा दल दर्ता गरेका हौँ,” उनले बताए।

यसअघि मंगलबार बसेको विघटित प्रतिनिधिसभाको एमाले संसदीय दलको बैठकले प्रतिनिधिसभा पुनःस्थापनाका लागि सर्वोच्च अदालतमा रिट दायर गर्ने निर्णय गरेको थियो। पार्टीले कानुनी लडाइँसँगै राजनीतिक तथा संगठनात्मक तयारीलाई पनि तीव्र पारेको छ।