२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको चाहना डिस्चार्ज



अ+ अ-

काठमाडौं । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी ओलीको शल्यक्रिया गरेको घाउमा खाटा बस्दै छ। त्रिवि शिक्षण अस्पतालको आईसीयूमा उपचाररत उनलाई डिस्चार्ज हुने चाहना छ। चिकित्सक र परिवारको सल्लाह छ, ‘धैर्य गरौं।’ ६९ वर्षीय प्रधानमन्त्री ओली सन्तुलित आहार लिन्छन्। अस्पतालको आईसीयूमै सामान्य हिँडडुल गर्न सक्छन्। चिकित्सकका अनुसार उनी क्रियाशील हुन खोजे पनि संक्रमणको जोखिम छ। प्रधानमन्त्री ओलीकी निजी चिकित्सक एवं वरिष्ठ मिर्गौला रोग विशेषज्ञ प्राडा. दिव्या सिंह शाहका अनुसार चिकित्सकहरूले सहज महसुस नगरेसम्म डिस्चार्ज गर्ने सम्भावना छैन।

डा. शाहले मंगलबार आयोजित पत्रकार सम्मेलनमा भनिन्, ‘जबसम्म हामी चिकित्सकले ठिक छ भन्ने महसुस गर्दैनौं, तबसम्म डिस्चार्ज गर्दैनौं। तर अहिलेसम्मको प्रगति हेर्दा चाँडै डिस्चार्ज गर्छौं।’ उनले डिस्चार्जको दिन तोक्न आनाकानी गरिन्। प्रधानमन्त्री ओलीको गत बुधबार मिर्गौला प्रत्यारोपण गरिएको हो।

निवासमा व्यवस्थापनपछि डिस्चार्ज:चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीले छिट्टै निवासमा जाने चाहना व्यक्त गरेका छन्। ‘मोबिलाइज गरियो भने नियमित खानामा चाँडै आउन सक्नुहुन्छ। सुतिराख्दा पनि मांसपेशीमा समस्या हुन सक्छ। तँग्रिन पनि समय लाग्ने भएकाले हिँडडुल गराउन थालिएको हो’, त्रिवि शिक्षण अस्पतालको नेफ्रोलोजी विभाग प्रमुख डा. शाहले भनिन्।

प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गराएपछि बालुवाटारस्थित प्रधानमन्त्री निवास र निजी निवासमा संक्रमणबाट जोगाउन उचित व्यवस्थापन गर्नुपर्ने हुन्छ। ‘एक/दुई दिन अस्पतालमा राखिदिए घरमा आवश्यक तयारी गर्ने थियौं भन्ने अनुरोध आएको छ। प्रधानमन्त्री अलि चाँडै जान चाहनुहुन्छ’, डा. शाहले भनिन्।

स्वास्थ्य सूचक राम्रो:प्रधानमन्त्री ओलीको स्वास्थ्य सूचक अपेक्षाअनुसार राम्रो रहेको चिकित्सकको भनाइ छ। शाहले भनिन्, ‘रक्तचाप एकदमै राम्रो छ। सुगर पनि नियन्त्रण छ। मिर्गौला सामान्य अवस्थामा आइसकेको छ।’

समीक्षाद्वारा डिस्चार्जमा अनिच्छा प्रधानमन्त्री ओलीलाई मिर्गौला दिएकी समीक्षा संग्रौलाले अस्पतालबाट डिस्चार्ज हुन अनिच्छा देखाएकी छन्। ‘हामीले उहाँलाई डिस्चार्ज गर्न खोजेका थियौं। तर, उहाँले एकदुई दिन अझै बस्छु भन्नुभयो’, डा। शाहले भनिन्। प्रधानमन्त्री ओलीलाई मिर्गौला दिन तयार भएका पाँच÷सात जनाको परीक्षण गरे पनि अन्त्यमा भान्जी नाता पर्ने समीक्षा संग्रौलाको मिर्गौला लिने टुंगो लागेको थियो।

६ महिनापछि सक्रिय दिनचर्या:निजी चिकित्सक डा. शाहका अनुसार प्रधानमन्त्री ओलीले संक्रमणको जोखिम हुने भएकाले सावधानी अपनाउनुपर्छ। औषधिको डोज बढी भएकाले अलिकता संक्रमणको सम्भावना रहन्छ। पहिलादेखि नै प्रत्यारोपण गरेको र परिवारलाई पनि धेरै जानकारी भएकाले अप्ठेरो नहुने उनको अपेक्षा छ। डा. शाहले भनिन्, ‘भीडभाडमा जान सल्लाह दिँदैनौं।

प्रधानमन्त्री कार्यालय वा सचिवालयबाट आफ्नो कार्य गर्न सक्नुहुन्छ। रुघाखोकी लागेको तथा अन्य संक्रमण भएका व्यक्तिबाट जोगिनुपर्छ। त्यसका लागि केही दुरीमा बसेर काम गर्न सक्नुहुन्छ। ६ महिना वर्ष दिनपछि साधारण मान्छे जसरी काम गर्न सक्नुहुन्छ।’ अन्नपुर्णपोष्ट दैनिक




भर्खरै