२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपद् व्यवस्थापनका लागि सबै पक्षको सहकार्य आवश्यक: गृहमन्त्री अर्याल



अ+ अ-

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले शीतलहर र हिमपातका कारण कुनैपनि नागरिकले जीवन गुमाउन नपरोस् भन्नेकुरामा सरकार सचेत रहेको बताउनुभएको छ ।

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले बुधवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो संकट आउन नदिन संघ, प्रदेश, स्थानीय सरकार र संवद्ध सबै पक्षको सहकार्य, प्रतिवद्धता र समर्पणको खाँचो समेत औँल्याउनु भयो । उहाँले शीतलहर र हिमपातका कारण संकटमा परेका समुदाय केन्द्रित पूर्वतयारी र प्रतिकार्य गर्न पनि सम्बन्धित सबै पक्षलाई निर्देशन दिनुभयो ।

गृहमन्त्री अर्यालले भन्नुभयो,‘संकटमा रहेका वर्ग, क्षेत्र र समूदाय केन्द्रित पूर्वतयारी तथा प्रतिकार्य गर्न जिम्मेवार सबै निकायलाई निर्देश गर्दछु । शीतलहर र हिमपातका कारण कुनैपनि नागरिकले जीवन गुमाउन नपरोस्, देशको चालु विकास प्रक्रिया अवरुद्ध नहोस् । यसका लागि संघ, प्रदेश, स्थानीय तह, सुरक्षा निकाय, दातृ संस्था र नागरिक समाज सबैको सहकार्य, प्रतिवद्धता  र समर्पणको अपेक्षा गरेको छु ।’

गृहमन्त्री अर्यालले हिमपातले देशको चालु विकास प्रक्रिया समेत अवरुद्ध हुने अवस्था आउन दिन नहुने पनि बताउनु भयो ।