२० मंसिर २०८२, शनिबार
,
Latest
निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेश प्रदेशसभाको बैठक बहिष्कार गर्ने एमालेको तयारी



अ+ अ-

जनकपुरधाम । मधेश प्रदेशसभाको आज बस्ने बैठक एमाले प्रदेशसभा सदस्यहरूले बहिष्कार गर्ने भएका छन्।

आजको कार्यसूचीमा सभामुख रामचन्द्र मण्डलमाथि पदअनुसार आचरण नगरेको भन्ने प्रस्तावमाथि छलफल रहेको छ।

एमालेले आफूहरूले कुनै पनि असंवैधानिक काम नगरेको स्पष्ट दाबी गर्दै बैठकमा नबस्ने निर्णय गरेको हो।

एमाले प्रमुख सचेतक हरिनारायण महताले आजको बैठकमा नआउने जनाएका छन्। यद्यपि, घरायसी कामका कारण उपस्थित हुन नसक्ने बताएका छन् ।

एमालेका अर्का सांसद राजकुमार लेखी भने पार्टीभित्रै बैठक बहिष्कारबारे स्पष्ट आधिकारिक जानकारी नआएको दाबी गर्छन्। लेखीले आफू पनि आजको बैठकमा नजाने संकेत गरे।

उनले सभामुखले आफूहरूलाई बैठकका लागि नबोलाएको र कुनै सूचना नआईपुगेको दाबी गरे। विपरीत रूपमा प्रदेशसभा सचिवालयका कर्मचारीहरूले भने सबै प्रदेशसभा सदस्यलाई एसएमएसमार्फत बैठकको सूचना पठाइएको पुष्टि गरेका छन्।

आजको बैठक प्रतिपक्ष एमालेको अनुपस्थितिमै बस्ने छ।