२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व संचारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विष्फोट



अ+ अ-


काठमाडौँ । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा शक्तिशाली कुकर बम विष्फोट भएको छ । लोकन्थलीस्थित उनको निर्माणधीन घरमा आज बिहान ७ बजे कुकर बम विष्फोट गराइएको प्रहरीले जनाएको छ ।

निर्माणाधीन उनको घरको भित्तामा प्रेसरकुकर बम विस्फोट गराइएको र त्यसबाट घरको भित्तामा क्षति पुगेको घट्नास्थलमा पुगेको प्रहरीले जानकारी दिएको हो । उनको घरमा कसले र किन बम विस्फोट गराएको हो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


उनी ७० करोड घुस काण्डमा मुछिएपछि राजीनामा दिएर बसेका छन् । भ्रष्टाचारमा मुछिएका कारणले उनको घरमा बम हानेको हुनसक्ने बताइए पनि त्यस विषयमा अनुसन्धान भइरहेको बताइएको हो ।