१३ असार २०८३, शनिबार
,
Latest
लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन झल्किँदो धरहरा, रमाउँदै पर्यटक-फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य म्यानमारद्वारा ६० करोड अमेरिकी डलरभन्दा बढी मूल्यको लागुऔषध नष्ट रास्वपाको महाधिवेशन सम्पन्नः सभापति लामिछानेद्वारा परिपक्व राजनीतिको प्रतिवद्धता चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला स्पेनसँगै पहिलोपटक विश्वकप खेलेको केप भर्डे नकाउटमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाको कहर: मंगलबार २ सय ५६ जनाको मृत्यु, हालसम्म कुन देशमा कति ?



अ+ अ-

विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ४ हजारभन्दा बढी पुगेको छ । यस भाइरसबाट मंगलबार साँझसम्म विश्वभर ४ हजार २ सय ६४ जनाको मृत्यु भएको हो । त्यसमध्ये चीनमा मृत्यु हुनेहरुको संख्या ३ हजार १ सय ३६ पुगेको छ भने मंगलबार मात्र त्यहाँ १७ जनाको मृत्यु भएको छ । चीनमा ८० हजार ७ सय ६१ जनामा कोराना संक्रमण भएको पुष्टि भएको छ, जसमध्ये ६० हजार १ सय १३ जना निको भएका छन् । चीनभन्दा पछि सबैभन्दा बढी प्रभावित भएको मुलुक इटाली देखिएको छ । इटालीमा अहिलेसम्म ६ सय ३१ जनाको मृत्यु भएको छ । मंगलबार मात्रै त्यहाँ १ सय ६८ जनाको मृत्यु भएको छ ।

इटालीमा १० हजार १ सय ४९ जनामा उक्त भाइरसबाट संक्रमित बिरामीहरु रहेका छन् । त्यस्तै इरानमा २ सय ९१ जनाको मृत्यु भएको छ भने ८ हजार ४२ जनामा संक्रमणको पुष्टि भएको छ । मंगलबार एकैदिनमा त्यहाँ ५४ जनाको मृत्यु भएको छ । त्यस्तै दक्षिण कोरिया र स्पेनमा क्रमसः ५८ र ३५ जनाको मृत्यु भएको छ । यी दुई देशमा क्रमसः ७ हजार ५ सय १३ र १ हजार ६ सय ७४ जनामा संक्रमण भएको छ । मंगलबार ती देशमा ५–५ जनाको मृत्यु भएको छ भने अमेरिकामा–२, जापानमा–१, स्वीटजरल्यान्डमा–१, बेलायतमा–१, लेबनानमा –१ र मोरक्कोमा पनि १ जनाको मृत्यु भएको छ ।

यसरी मंगलबार एकैदिन विश्वभर २ सय ५६ जनाले सो भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् । विश्वभर महामारी सुरु भएयता १ सय १० भन्दा बढी मुलुकमा फैलिसकेको उक्त संक्रमणका कारण १ लाख १८ हजार २ जना प्रभावित भएका छन् । त्यस्तै आज एकैदिन ३ हजार ६ सय ४० जना नयाँ संक्रमित बिरामीहरु थपिएका छन् । चीनको उहानबाट सुरु भएको उक्त महामारीबाट मर्नेको संख्या चीनमै भने ह्वात्तै घटेको छ ।