२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाको कहर: मंगलबार २ सय ५६ जनाको मृत्यु, हालसम्म कुन देशमा कति ?



अ+ अ-

विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ४ हजारभन्दा बढी पुगेको छ । यस भाइरसबाट मंगलबार साँझसम्म विश्वभर ४ हजार २ सय ६४ जनाको मृत्यु भएको हो । त्यसमध्ये चीनमा मृत्यु हुनेहरुको संख्या ३ हजार १ सय ३६ पुगेको छ भने मंगलबार मात्र त्यहाँ १७ जनाको मृत्यु भएको छ । चीनमा ८० हजार ७ सय ६१ जनामा कोराना संक्रमण भएको पुष्टि भएको छ, जसमध्ये ६० हजार १ सय १३ जना निको भएका छन् । चीनभन्दा पछि सबैभन्दा बढी प्रभावित भएको मुलुक इटाली देखिएको छ । इटालीमा अहिलेसम्म ६ सय ३१ जनाको मृत्यु भएको छ । मंगलबार मात्रै त्यहाँ १ सय ६८ जनाको मृत्यु भएको छ ।

इटालीमा १० हजार १ सय ४९ जनामा उक्त भाइरसबाट संक्रमित बिरामीहरु रहेका छन् । त्यस्तै इरानमा २ सय ९१ जनाको मृत्यु भएको छ भने ८ हजार ४२ जनामा संक्रमणको पुष्टि भएको छ । मंगलबार एकैदिनमा त्यहाँ ५४ जनाको मृत्यु भएको छ । त्यस्तै दक्षिण कोरिया र स्पेनमा क्रमसः ५८ र ३५ जनाको मृत्यु भएको छ । यी दुई देशमा क्रमसः ७ हजार ५ सय १३ र १ हजार ६ सय ७४ जनामा संक्रमण भएको छ । मंगलबार ती देशमा ५–५ जनाको मृत्यु भएको छ भने अमेरिकामा–२, जापानमा–१, स्वीटजरल्यान्डमा–१, बेलायतमा–१, लेबनानमा –१ र मोरक्कोमा पनि १ जनाको मृत्यु भएको छ ।

यसरी मंगलबार एकैदिन विश्वभर २ सय ५६ जनाले सो भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् । विश्वभर महामारी सुरु भएयता १ सय १० भन्दा बढी मुलुकमा फैलिसकेको उक्त संक्रमणका कारण १ लाख १८ हजार २ जना प्रभावित भएका छन् । त्यस्तै आज एकैदिन ३ हजार ६ सय ४० जना नयाँ संक्रमित बिरामीहरु थपिएका छन् । चीनको उहानबाट सुरु भएको उक्त महामारीबाट मर्नेको संख्या चीनमै भने ह्वात्तै घटेको छ ।