काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाहले चर्चित नेपाली चलचित्र ‘परान’ हेरेकी छन् । यो चलचित्र अहिले तेस्रो साता प्रदर्शन भइरहेको छ ।
पूर्वयुवराज्ञी शाहले दरबारमार्गस्थित क्यूएफएक्स हलमा सोमबार साँझ चलचित्र परान हेरेकी हुन् ।
उनले सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै यो चलचित्रमा नेपालको वर्तमान अवस्थाको यथार्थ भेटिने बताइन् ।
‘अहिलेको अवस्थामा नेपालको यथार्थ यही हो । नेपाली विदेश पलायन भइराखेको अवस्था छ । परान हेर्नेहरूले नेपालको यथार्थ भेट्नुहुनेछ,’, उनले भननिन् ।

पूर्वयुवराज्ञी शाह केही आफन्तसहित हलमा पुगेकी थिइन् । फिल्मले पछिल्लो १० करोड रुपैयाँभन्दा बढी कमाइ गरिसकेको छ ।
दीपकप्रसाद आचार्य काकु निर्देशित फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रविण खतिवडा, अन्जना बराइली, महेश त्रिपाठी, बुद्धि तामाङ लगायतको अभिनय छ । फिल्ममा रन्जित आचार्य र शेखर गोल्छा लगानी छ ।










